कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

एनसीसीएस र हिबिकुबीच सम्झौता

कान्तिपुर संवाददाता

काठमाडौँ — नेसनल कलेज अफ कम्प्युटर स्टडिज (एनसीसीएस) र जापानको ओसाकास्थित हिबिकु कम्पनीबीच विद्यार्थीरूलाई जापानमा क्षमता वृद्घि र बौद्धिक विकासका लागि लैजाने सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा एनसीसीएसका तर्फबाट कलेजका प्रबन्धनिर्देशक सन्तोषराज मास्के तथा हिबिकुका तर्फबाट अध्यक्ष सिनिचिरु यामानोले हस्ताक्षर गरेका हुन् ।

एनसीसीएस र हिबिकुबीच सम्झौता

सम्झौताअनुसार हिबिकुले एनसीसीएसमा अध्ययनरत विद्यार्थीहरूका लागि जापानी भाषाको कक्षा सञ्चालन गर्नेछ भने कलेजले कम्पनीको प्रोजेक्टमा रही इन्टर्नसिप गराउनुपर्नेछ ।


त्यसपछि हिबिकुले अन्तर्वार्ता लिई एन फोर लेभल उत्तीर्ण गरेका विद्यार्थी छनोट गरी जापान लैजानेछ । यसका लागि हिबिकुका तर्फबाट नेपाल प्रतिनिधिमा आईजीसी टेक्नोलोजी रहेको छ ।

प्रकाशित : फाल्गुन ६, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?