कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

'अस्थायी र करार शिक्षकलाई सौतेनी व्यवहार भयाे'

कान्तिपुर संवाददाता

काठमाडौँ — २०७२ असोज २ पछि नियुक्त अस्थायी, करार शिक्षकहरुलाई शिक्षक सेवा आयाेगकाे आन्तरिक प्रक्रियामा समावेश गर्नुपर्ने माग गर्दै आन्दोलनरत शिक्षकहरुले आज पनि काठमाडाैंमा प्रर्दशन गरेका छन् । 

'अस्थायी र करार शिक्षकलाई सौतेनी व्यवहार भयाे'

३ दिने आन्दोलनको घोषणा गरेका छुट अस्थायी करार शिक्षकहरुले माइतीघर मण्डलाबाट नयाँबानेश्वरसम्म प्रर्दशन गरेका थिए ।

नयाँ बानेश्वरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै संघर्ष समितिका अध्यक्ष हरिबंश पराजुलीले सरकारले आफूहरुलाई सौतेनी ब्यवहार गरेको बताउँदै अस्थायी करार शिक्षकहरु यो विभेदकारी सरकारी नीति विरुद्ध लड्न काठमाडौ‌ं केन्द्रित भएर आन्दोलन थालेको बताए ।

सरकारले २०७५ असारमा लिएको अस्थायी शिक्षकको आन्तरिक परीक्षामा विभेदपूर्ण तरिकाले २०७२ असोज २ सम्म नियुक्त भएका शिक्षकलाई आन्तरिक परीक्षाको ब्यवस्था गरेपछि छुट अस्थायी करार शिक्षकहरुले आन्दोलन गरिरहेका छन् ।

समितिका उपाध्यक्ष मुकुन्द पोखरेलले करार शिक्षकहरु आन्दोलनमा रहे पनि सरकारले कुनै सुनुवाई नगरी शिक्षक महासंघसँग २० बुँदे सहमति गरेको भन्दै संघीय शिक्षा ऐनमा गर्न लागिएको व्यवस्था आफूहरुलाई स्वीकार्य नहुने बताए ।

संघर्ष समितिका कोषाध्यक्ष अनिता थापाले यसपटकको आन्दोलन करार शिक्षकहरुको अन्तिम लडाइँ भएको भन्दै रोजीरोटीको निम्ति आफैं लागिपर्ने बेला आएको बताइन् ।

प्रकाशित : फाल्गुन २७, २०७५ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?