पूर्वमन्त्री अधिकारीद्वयलाई बौद्धवासीले सम्झे 

कान्तिपुर संवाददाता

काठमाडौँ — ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जना तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको १३ औं दिनको पुण्यतिथिमा सोमबार बौद्धवासीले श्रद्धाञ्जली दिएका छन् ।बौद्धनाथ क्षेत्र विकास समितिले गरेको श्रद्धाञ्जली सभामा बौद्ध परम्पराअनुसार छ्योमे (मृतकको संझनामा बालिने घिउबत्ती) समेत बालिएको थियो । 

पूर्वमन्त्री अधिकारीद्वयलाई बौद्धवासीले सम्झे 

बौद्ध समुदाय सम्बद्ध एक दर्जन संघसंस्थाको सहभागिता रहेको सभामा काठमाडौं ३ का सांसद कृष्णकुमार राईले क्षेत्र विकास समितिले राम्रा काम गरेर देखाउन सके मन्त्री अधिकारीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।


बौद्ध लामा गुरुहरूद्वारा सामूहिक मोल्हम पाठ तथा श्रद्धाञ्जली मन्त्र वाचनसमेत गरिएको सभामा समिति अध्यक्ष चन्द्रमान लामा, पूर्वअर्थ राज्यमन्त्री ल्हारक्याल लामा, पूर्वराजदूत गणेश योञ्जन, नेपाल बौद्ध महासंघका केन्द्रीय अध्यक्ष कर्म रिन्जी शेर्पा, बौद्ध निङमा संघका अध्यक्ष टुल्कु निमा रिन्जी शेर्पा, नेकपा नेता रामशरण ढुंगाना, लुम्बिनी विकास कोषका पूर्वउपाध्यक्ष गजेन्द्र लामा, नेपालजित लामा लगायतले स्वर्गीय अधिकारीद्वयको व्यक्तित्वको चर्चा गरेका थिए ।

प्रकाशित : फाल्गुन २८, २०७५ २१:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?