१ सय ४० ज्येष्ठ नागरिकको सामूहिक सम्मान

काठमाडौँ — भक्तपुरको ठिमीस्थित एक निजी विद्यालयले नगरका सय बढी ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । डेन्स इन्टरनेशनल सेकेण्डरी स्कुलले अभिभावक दिवसका अवसरमा शनिबार ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो ।

१ सय ४० ज्येष्ठ नागरिकको सामूहिक सम्मान

स्कुलले ९९ वर्षीय बद्रिप्रसाद दाहाल, ९१ वर्षीय मनमाया न्यौपाने, ९२ वर्षीय कृष्णकुमारी कार्की, ७९ वर्षीय धर्मनन्द आचार्यसहित १ सय ४० जनालाई त्यस अवसरमा सम्मान गरिएको थियो । उनीहरुलाई नेकपाका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दोसल्ला र प्रमाणापत्रबाट सम्मान गरेका थिए ।


ज्येष्ठ नागरिकप्रति समाज र नागरिकको सम्मानभाव बढोस् भन्ने उद्देश्यका साथ सम्मान गरिएको स्कुलका प्रिन्सिपल दिनेश मैनालीले बताए ।


प्रकाशित : चैत्र ३, २०७५ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?