कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ब्रुमर अर्को सातादेखि

राजेन्द्र मानन्धर

काठमाडौँ — दिनमा १० किलोमिटर लामो सडकको धूलो एउटैले टिप्न सक्ने क्षमताका पाँचवटा ब्रुमरको परीक्षण सकिएको छ । काठमाडौं महानगरपालिकाको कार्यालय र अन्यत्रबाट बोलाइएका विज्ञ इन्जिनियरहरूले सोमबार राष्ट्रिय सभागृहको प्रांगणमा राखिएका ब्रुमरको अन्तिम परीक्षण गरे ।

ब्रुमर अर्को सातादेखि

कानुनी र प्राविधिक प्रक्रिया पूरा गर्न बाँकी रहेकाले हप्ता दिनभित्र सडकमा ब्रुमरले काम गर्न थाल्ने मेयर विद्यासुन्दर शाक्यले बताए ।

चारैवटै चक्का मोडिन सक्ने उक्त ब्रुमर गुड्दा तीन मिटर चौडामा रहेको इँटा, ढुंगा, पत्कर, पानीका बोतल र धूलोलाई तानेर सफा गर्दै अघि बढ्छ । जताततै निर्माण कार्य भइरहेकाले सहरमा धूलो बढेको बताउँदै मेयर शाक्य भन्छन्, ‘ब्रुमरले काम गर्न थालेपछि सडकका धूलोमा हट्दै जान्छ ।’

महानगरपालिकाका मेकानिकल वरिष्ठ इन्जिनियर पुरुषोतम शाक्य र इटालियन कम्पनी डियुलेवोको तर्फबाट इन्जिनियर प्रवीण कुमारले प्राविधिक रूपमा ठीक रहेको लिखत आदनप्रदान गरे । सभागृहको प्रांगणमा विभिन्न तरिकाले परीक्षण गरेपछि वरिष्ठ इन्जिनियर शाक्यले भने, ‘हरहालतमा सडकमा काम गर्न ब्रुमर ठीक भएको पाइयो ।’

उनका साथमा थापाथली इन्जिनियरिङ कलेजका इन्जिनियर लक्ष्मण पालिखे र महानगरपालिका अन्तर्गतका इन्जिनियर प्रमोद ढुंगेलले संयुक्त रूपमा परीक्षण गरेका थिए ।

सातवटा कम्पनीले ग्लोबल टेन्डरमार्फत प्रतिस्पर्धा गरेर १० करोड ८९ लाख २४ हजार नौ सय एक रुपैयाँमा खरिद गरिएका उक्त ब्रुमरहरू चालकसहित सञ्चालकको जिम्मा सम्बन्धित कम्पनीले गर्ने इन्जिनियर शाक्यले बताए । उक्त कार्य नेपाली कम्पनी वर्ल्ड वाइड ट्रेडिङ कम्पनी प्रालिमार्फत उक्त खरिद खर्चमै गर्ने भएकाले तीन वर्षसम्म महानगरपालिकाले व्यवस्थापकीय कार्य मात्र गर्ने छ । कहाँ कहाँको सडक सफा गर्ने र उक्त ब्रुमरलाई जथाभावी गर्न नदिने कुराको नियन्त्रण महानगरले गर्ने गरी सम्झौता भएको छ ।

‘प्राविधिक परीक्षणपछि कम्पनीबाट औपचारिक रूपमा ब्रुमर महानगरपालिकाले बुझ्नेछ,’ मेयर शाक्यले भने । उनका अनुसार ब्रुमर हस्तान्तरण, बिमा, नम्बर प्लेट लिने प्रक्रिया र चालकलाई तालिम दिने कार्य भइरहेको छ । नयाँ प्रविधि भएकाले सुरुमा दक्षतापूर्वक सञ्चालन गर्न सकिए ब्रुमरलाई लामा समयसम्म चुस्तदुरुस्त रूपमा काममा लगाउन सकिने उनले बताए ।

युरो मापदण्डस्तरका भनिएका ब्रुमरका अघि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी चारवटा प्लास्टिकका ब्रससहित धूलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएका छन् । पछाडिको भागमा धूलो नै तान्नका लागि पाइप जडित छ । चालकले ब्रुमरलाई सञ्चालन गरी अघि बढेपछि सडकको तीन मिटर चौडाका धूलोलाई तान्दै अघि बढ्छ ।

प्रकाशित : चैत्र ५, २०७५ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?