कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

होलीमा अवाञ्छित गतिविधि गर्ने ८४ जना पक्राउ, ५१९ सवारी चालक नियन्त्रणमा

रासस

काठमाडौँ — होलीको अवसरमा उच्छृङ्खल गतिविधि गर्ने ८४ जनालाई बधबार प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई उपत्यकाका विभिन्न क्षेत्रबाट पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा काठमाडौँका ४५, ललितपुरका ३५ र भक्तपुरका चार जना रहेका छन् । होली विशेष सुरक्षा योजना बनाएर आज हरेक कार्यक्रमस्थलमा प्रहरी परिचालन गरिएको थियो । यसैबीच महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घन गर्ने ५१९ सवारीसाधनका चालकलाई नियन्त्रणमा लिएको प्रवक्ता जयराज सापकोटाले जानकारी दिए । भक्तपुरबाट १७ सवारीसाधनका चालकलाई नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिइएकामा अधिकांश मोटरसाइकल चालक छन् ।

प्रकाशित : चैत्र ६, २०७५ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?