कान्तिपुरकर्मी मिश्रलाई सम्मान

काठमाडौँ — कान्तिपुर दैनिकका प्रमुख उपसम्पादक अतुल मिश्र 'स्वास्थ्य दर्पण हेल्थ अवार्ड-२०७५' बाट सम्मानित भएका छन् । स्वास्थ्य दर्पण मिडिया नेटवर्कको सातौं वार्षिकोत्सवको अवसरमा शनिबार पत्रकार मिश्र लगायतकालाई  स्वास्थ्य दर्पण हेल्थ अवार्ड  प्रदान गरिएको हो ।

कान्तिपुरकर्मी मिश्रलाई सम्मान

स्वास्थ्य दर्पण हेल्थ अवार्ड ७ वटै प्रदेश का ९ जना चिकित्सक प्रा.डा.संजिवकुमार शर्मा, डा.श्याम सुन्दर दास, डा.मदनकुमार पिया, प्रा.डा.श्यामराज रेग्मी, प्रा.डा.भरतबहादुर खत्री, डा.सुरेशकुमार कनौडिया, डा.निरेश थापा, डा.चन्द्रप्रकाश पाण्डे, डा.अजय न्यौपानेलाई प्रदान गरियो ।

यस्तै हेल्थ अवार्ड स्वास्थ्यकर्मीद्वय कृष्णप्रसाद रिजाल र गोविन्द नेपाललाई दिइयो । स्वास्थ्य संस्थाअन्तर्गत नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले समेत हेल्थ अवार्ड पाएको छ ।


यस्तै स्वास्थ्य पत्रकार मिश्रलगायत पदमराज जोशी, दिपक दहाल, पुरुषोत्तम घिमिरे, कल्पणा आचार्य र उद्धवराज भेटवाललाई हेल्थ अवार्ड प्रदान गरिएको थियो ।


कार्यक्रममा कांग्रेस महामन्त्री डा.शशांक कोइराला, पूर्वस्वास्थ्यमन्त्री डा.वंशिधर मिश्र, पत्रकार महासंघका महासचिव रमेश विष्ट, चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा.डा.जगदीशप्रसाद अग्रवाल स्वास्थ्य दर्पणका अध्यक्ष सन्दिप श्रेष्ठ लगायतकाले मुलुकमा स्वास्थ्य पत्रकारिताले गति लिँदै गरेको बताए ।


प्रकाशित : चैत्र ९, २०७५ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?