कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

झारफुक बहानामा बलात्कृत

भक्तपुर — मध्यपुर थिमि नगरालिका-१ लोकन्थलीमा झारफुकको बहानामा एक १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । महानगरीय प्रहरी वृत्त ठिमीले झारफुकको बहानामा बालिका बलात्कार गर्ने मकवानपुरगढी गाउँपालिका घरभई चाँगुनारायण-८ बस्ने ३५ वर्षीय गुरु रोशन भन्ने हिरामणि घिमिरेलाई पक्राउ गरेको छ । 

मंगलबार दिउँसो पीडितको बाबुलाई झारफुक गर्ने बहानामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको खुलेको वृत्त प्रमुख डीएसपी मिलन केसीले बताए । झारफुकको बहानामा घिमिरेले पीडित बालिकाका बाबुलाई आँखामा पट्टी बाँधेर बालिकालाई बलात्कार गरेको उनले बताए । बालिकालाई जबरजस्ती करणी गरी फरार रहेका घिमिरेलाई बिहीबार कटुञ्जेबाट पक्राउ गरेर भक्तपुर जिल्ला अदालतमा पेस गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र २१, २०७५ २०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?