सानेपामा ट्रक पल्टेर भ्यानलाई किच्दा २ जनाको मृत्यु

प्रशान्त माली

काठमाडौँ — ललितपुरको सानेपानजिकै चक्रपथमा ट्रकले तरकारी बोक्ने भ्यानलाई किच्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुन‍ेमा दोलखा घर भइ ललितपुर बस्ने ४० वर्षीय इन्द्रबहादुर सुनुवार र धनुषा घर भइ भैसीपाटी बस्ने ४० वर्षकी डोल्मा शेर्पा रहेका छन् ।

सानेपामा ट्रक पल्टेर भ्यानलाई किच्दा २ जनाको मृत्यु

घाइते हुनेमा डोल्माकी छोरी १७ वर्षीया स्मृतिको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

ना१घ ५३३ नम्बरको ट्रक अनियन्त्रित भइ बा७च २१३१ नम्बरको भ्यानलाई थिचेको थियो । जनक शिक्षा सामाग्रीको उक्त ट्रक कक्षा १ देखि १० सम्मको पाठ्यपुस्तक बोकेर सुर्खेतको लागि निस्केको थियो ।

प्रहरीका अनुसार भ्यानमा रहेका २ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

तस्बिरहरुः सुजन कार्की

प्रकाशित : चैत्र २२, २०७५ १४:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?