१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

करेन्ट लागेर ट्रक चालकको मृत्यु

भक्तपुर — सूर्यविनायक नगरपालिका-१० भातेढिकुर स्थित मोटरबाट पानी तानेर ट्रक धुने क्रममा करेन्ट लागेर चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मैत्री हनुमान इँटा उद्योगको बा ४ ख ६५३७ नम्बरको निसान ट्रक धुने क्रममा मोटरमा बिजुली सर्ट भई करेन्ट लाग्दा चालक चौरीदेउराली गाउँपालिका-८ का ३२ वर्षीय दीपक पहरीको मृत्यु भएको हो ।

करेन्ट लागेर घाइते भएका पहरीको उपचारको क्रममा डा. इवामुरा अस्पताल सल्लाघारीमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए ।


प्रकाशित : चैत्र ३०, २०७५ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?