३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

ढालियो बिस्केट जात्राको लिङ्गो

भक्तपुर — प्रशिद्ध बिस्का जात्राको लिङ्गो ढालिएको छ । चैत्र मसान्तको दिन राति भेलुखेलमा बाजागाजासहित विधिपूर्वक उभ्याइएको ५५ हात लामो लिङ्गो दिनभर पूजाआजा गरी आइतबार साँझ ढालिएको हो । लिङ्गोको कोखा (टुप्पो) मा नाग र नागिनीको प्रतीक स्वरूप दुईवटा ध्वजा बाँधी अष्टमातृकाको प्रतीक आठ वटा डोरीले बाँधी उभ्याइने प्रचलन छ ।

ढालियो बिस्केट जात्राको लिङ्गो

लिङ्गोको कोखामा झुण्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा र आकाश भैरवका ध्वजासमेत भनिन्छ । भक्तपुरको प्रशिद्ध बिस्केटको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्धि सहकाल आउनुका साथै शत्रु नाश हुन्छ भन्ने मान्यता छ ।

अष्टमात्रिकाको प्रतिक मानिने लिङ्गोमा नाग, नागिनाको प्रतिक स्वरुप हलिपतका ध्वजा बाँधेर फहराइन्छ । त्यसलगत्तै खलाँ टोलमा भैरवनाथ र भद्रकालीको रथलाई एकापसमा जुधाईने परम्परा छ । लिङ्गो ढालिसकेपछि भेलुखेलबाट भैरवनाथ र भद्रकालीको रथ गःहिटी पुर्‍याएको छ । जात्राको आठौं दिन भक्तपुरमा रहेका सम्पूर्ण देवीदेवताको सगुन पूजा गरिन्छ । यसलाई स्थानीय नेवारी भाषामा द्यो सगं बिइगु भनिन्छ । जात्राको नवौ दिन वैशाख ५ गते बिहान तालाक्वस्थित उभ्याइएको ज्याठा गणेशको 'ल्हा मरुम्ह यसीं' हात नभएको लिङ्गो ढालिन्छ र बेलुका जात्राको पहिलो दिन जस्तै भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सम्पन्न गरिने परम्परा छ ।


नेपाल सम्वत् २६८ अर्थात् लिच्छवी कालभन्दा अगाडिदेखि राजाजगत ज्योति मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको इतिहासमा उल्लेख छ । त्यसपछि नेपाल सम्वत् ८२७ मा राजा भूपतिन्द्र मल्ल बिस्केट जात्रालाई थप व्यवस्थित गरी आठरात र नौ दिनसम्म मनाउने प्रचलन बसाएको उल्लेख गरिन्छ ।


प्रकाशित : वैशाख १, २०७६ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?