दुर्घटनामा एकको मृत्यु, दुई घाइते

रासस

भक्तपुुर — सूर्यविनायक नगरपालिका-१० भातेढिकुरमा बुधबार राति १२ः४५ बजे बस र टिपर एकआपसमा ठक्कर खाएर भएको दुर्घटनाका घाइते एकको मृत्यु भएको छ भने दुईकाे उपचार भइरहेकाे छ।

भक्तपुरबाट बनेपातर्फ जाँदै गरेको बा३ख १७८४ नंको बस र बनेपाबाट भक्तपुरतर्फ आउँदै गरको बा४ख ४८१५ नंको टिपर एकापसमा ठक्कर खाएर भएको दुर्घटनामा सिन्धुपाल्चोक चौतारा साँगाचोक नपा-३ बतासे बस्ने ३४ वर्षीय बस मालिक रमेश भण्डारीको मध्यपुर अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।


दुर्घटनामा घाइते बसका मालिक भण्डारीको मध्यपुर अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान सवा ६ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा बसचालक सिन्धुपाल्चोक चौतारा साँगाचोक-३ बतासेका २४ वर्षीय सन्तोष थापा र टिपर चालक सिन्धुपाल्चोक चौताराका २८ वर्षीय देवकुमार श्रेष्ठ घाइत भई मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : वैशाख ५, २०७६ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?