१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

छुट्नेबित्तिकै पक्राउ परे पत्रकार महर्जन

काठमाडौँ — राज्यविरुद्धको मुद्दा खेपिरहेका पत्रकार जितेन्द्र महर्जन आइतबार रिहा हुनासाथ सर्वोच्च अदालतको गेटबाटै पुन: पक्राउ परेका छन् । नेपाल पत्रकार महासंघका तर्फबाट केन्द्रीय सदस्य जन्मदेव जैसीले दिएको बन्दी-प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइपछि महर्जन रिहा भएका थिए ।

छुट्नेबित्तिकै पक्राउ परे पत्रकार महर्जन

चैत २६ गते दिउँसो सर्वोच्च अदालतको गेटबाटै पत्रकार महर्जनलाई बिनापुर्जी पक्राउ गरी गैरकानुनी थुनामा राखेको जिकिर गर्दै जैसीले दिएको रिटमा आइतबार सर्वोच्चका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र डम्बरबहादुर शाहीको इजलासले उनलाई रिहाको आदेश दिएको थियो ।


वस्तुनिष्ट आधार र कारणबिना महर्जनलाई पक्राउ गरेको र अनुसन्धानका क्रममा भन्दै थुनामा राख्ने कार्य मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ को दफा ९ विपरीत रहेको सर्वोच्चको ठहर छ । 'निश्चित राजनीतिक आस्था भएकाले प्रवृत्त भावनाबाट कानुनको उचित कार्यविधि पालना नगरी थुनामा राख्न पनि नमिल्ने, पटक-पटक म्याद थप गरी हिरासतमा राखिरहनु न्यायिक दृष्टकोबाट समेत औचित्यपूर्ण नदेखिएकले जितेन्द्र महर्जनको हकमा बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ,' आदेशमा भनिएको छ ।


महानगरीय प्रहरी परिसर टेकुले महर्जनलाई पक्राउ गरी राज्यविरूद्वको कसुरसम्बन्धी मुद्दा लगाएको हो । समाचार संकलनकै सिलसिलामा उनलाई नेत्रविक्रम चन्दनिकट नेकपा कार्यकर्ता भन्दै प्रहरीले काठमाडौंबाटै पक्राउ गरेको थियो ।


प्रकाशित : वैशाख ८, २०७६ २१:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?