२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

सट्टेबाजीका आरोपी तीन जना पक्राउ

काठमाडौँ — विश्वकप क्रिकेट नजिकिँदै गर्दा महानगरीय प्रहरी अपराध महाशाखाले गैरकानुनी सट्टेबाजी खेलाउने काममा संग्लन रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

महाशाखाले ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपिएल), विश्वकप क्रिकेट र च्याम्पियनसिप फुटबलमा सट्टेबाजी गराएको आरोपमा न्युरोडबाट बज्रप्रकाश लामा, विद्युत् प्रकाश लामा, उमेश कार्कीलाई पक्राउ गरेको हो ।


पक्राउ परेकाहरुबाट प्रहरीले नगद एक लाख बरामद गरेको थियो । महाशाखाका एसएसपी सहकुल थापाका अनुसार पक्राउ परेकाहरुबाट बरामद भएको डायरीमा उनीहरुले अनुमानित ७०/८० लाखसम्म सट्टेबाजीको कारोबार गरेको देखिन्छ । अन्तर्राष्ट्रिय फुटबल र क्रिकेट प्रतियोगिता हुनुभन्दा पहिले नै सट्टेबाज खेलाउनेहरुले अनलाइनमार्फत अनुमान गर्न लगाउने र खातामा रकम हाल्न लगाएको देखिन्छ ।

प्रकाशित : जेष्ठ २३, २०७६ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?