काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा

काठमाडौँ — सरकारले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने भएको छ । रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा परेकोले उपत्यकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा

'यही २०७६ साल जेठ २६ गते आइतबारका दिन श्री रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा परेकोले उक्त दिन काठमाडौं उपत्यकाभित्र सार्वजनिक बिदा हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ' मन्त्रालयका शाखा अधिकृत अशोककुमार राईले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : जेष्ठ २४, २०७६ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?