कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सडकमा किन फ्याँकियो रगत ?

काठमाडौँ — शान्तिबाटिकाबाट निस्केको राष्ट्रिय स्वंयमसेवक दलको जुलुस भद्रकाली पुगेपछि रोकियो । प्रहरीले घेरा हालिरहेकै बेला जुलुसको पछि-पछि रहेकाहरुले टाटा मोबाइल गाडीभित्र रहेका ८ ग्यालेन भुइँमा झारे ।

एकैछिनमा भद्रकाली मन्दिर बाहिरको पश्चिमपट्टिको भाग रगताम्य भयो । एकैछिन त प्रहरी पनि झस्किए । एकैछिनमा अनौठो गन्ध फैलिन थालेपछि थाह भयो, जुलुसमा सहभागीहरुले बधशालाबाट राँगाको रगत ल्याएर खन्याएका रहेछन् ।


प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले रगतको गन्धले उक्त क्षेत्रमा हिँड्नै नसकिने भएको बताए । प्रहरीले दुर्गन्ध फैलाएको आरोपमा मनमोहन शम्सेर राणासहित ९ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुले हिन्दू राष्ट्रको माग गर्दै प्रदर्शन गरेको बताएका छन् ।



प्रकाशित : जेष्ठ ३२, २०७६ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?