टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

कान्तिपुर संवाददाता

भक्तपुर — टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मंगलबार सूर्यविनायक नगरपालिका–९ नलिन्चोकस्थित जगातीबाट साँगातर्फ जाँदै गरेको बा ४ ख ५६७१ नम्बरको टिपरलाई सोही दिशातर्फ जाँदै गरेको प्रदेश नं ३–०२–००३ प १२६६ नम्बरको स्कुटरले ओभरटेक गर्ने क्रममा टिपरको बायाँ साइडको चक्कामा ठोक्किएर दुर्घटना भएको थियो ।

प्रतिकात्मक तस्बिर ।

दुर्घटनामा परी काभ्रेपलाञ्चोक पाँचखाल–९ घरभई सूर्यविनायक–८ सिपाडोल बस्ने ३७ वर्षीय पदमबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिपरको ठक्करबाट सख्त घाइते श्रेष्ठको उपचारको क्रममा मध्यपुर अस्पताल नयाँ थिमिमा मृत्यु भएको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी रेवतीरमण पोखरेलले बताए ।

टिपर र टिपर चालक रामेछाप सुनपाती नगरपालिका–३ घरभई भक्तपुर–१ सल्लाघारी बस्ने २९ वर्षीय लोकबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिई कारबाही थालिएको उनले बताए ।

प्रकाशित : असार ३, २०७६ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्

सरकारले गुठी विधेयक फिर्ता लियो

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले गुठी विधेयक फिर्ता लिएको छ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गरी मन्त्री पद्मा अर्यालले विधेयक फिर्ता लिएको जानकारी दिएकी हुन् ।

मन्त्री अर्याललेसरोकारवालासँग थप छलफल र परामर्श गर्ने उद्देश्यले विधेयक फिर्ता लिइएको प्रस्ट पारिन्। विधेयकको विषयलाई लिएर भ्रम सिर्जना गर्ने र शान्तिपूर्ण वातावरण खलबल्याउने परिस्थिति सिर्जना गरिएको भन्दै मन्त्री अर्यालले असन्तुष्टि पोखिन्।

संघीय संसद्‌मा दर्ता भएको गुठी विधेयक विरोधमा उपत्यकासहितमुलुकभर आन्दोलन चर्किएपछि सरकार पछि हट्न बाध्य भएको हो।


विज्ञप्ति


यो पनि

गुठी विधेयकमा पछि हट्न सत्तापक्षकै दबाब

प्रकाशित : असार ३, २०७६ १६:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्