कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

६ करोड ठगी गर्ने पक्राउ

काठमाडौँ — महानगरीय अपराध महाशाखाले सिङ्गापुरको क्रुजमा काम लगाइदिने भन्दै ६ करोड ठगीको आरोपमा एकजनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले आकर्षक तलब हुने भन्दै छ करोड ठगी गरेको आरोपमा नुवाकोट गणेशस्थानका ३४ वर्षीय प्रवीन पौडेललाई मङ्गलबार मकवानपुरबाट पक्राउ गरी बुधबार काठमाडौँ ल्याई सार्वजनिक गरेको हो ।

६ करोड ठगी गर्ने पक्राउ

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलकुमार थापाले काठमाडौँको विशालनगरमा ‘द एपेरिङक फर्म प्रालि’ नामक ट्रेनिङ सेन्टर खोलेर पौडेलले विभिन्न व्यक्तिलाई ठगी गरेको जानकारी दिए । “पौडेलले सिङ्गारपुरको सोलास कम्पनीको पानीजहाजमा काम लगाइदिने भन्दै विभिन्न व्यक्तिलाई भारतको लखनउमा पठाएर तालीमसमेत दिने गरेको अनुसन्धानमा खुलेको छ”, उनले भने ।


पक्राउ परेका पौडेलले काम गर्न जाने लागत ५ लाख र तलब अमेरिकन ६५० डलर हुने प्रलोभन देखाएर ३०० भन्दा बढीको ६ करोड ठगी गरेको महाशाखाको दाबी छ ।

प्रकाशित : असार ४, २०७६ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?