२३ लाख बैंकिङ ठगी गर्ने पक्राउ

काठमाडौँ — प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार काठमाडौं तारकेश्वर नगरपालिका–९ का प्रमोदकुमार खड्कालाई पक्राउ गरी कारागार चलान गरेको छ । खडकाविरुद्ध परेको मुद्दामा तत्कालीन उच्च अदालत पाटनले उनलाई एक महिना कैद र २३ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो । त्यतिबेलादेखि उनी फरार थिए । 

२३ लाख बैंकिङ ठगी गर्ने पक्राउ

प्रहरीले राजधानीको चक्रपथबाट मंगलबार खड्कालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरेको थियो । अदालतको आदेशले कैद भुक्तानका लागि उनलाई कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा पठाएको जानकारी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दिएको छ । खडकाले आर्थिक व्यवहार मिलाउन भन्दै प्रशान्त जैसवालसँग २३ लाख रुपैयाँ लिएका थिए ।


खड्काले नियतवश पैसा नभएको बैंकको चेक दिएपछि जाहेरवाला जैसवालले जाहेरी दिएका थिए ।

प्रकाशित : असार ४, २०७६ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?