साझाका २० बस थपिंदै

काठमाडौँ — साझा यातायातले काठमाडौं महानगरसँगको सहकार्यमा राजधानीमा थप २० वटा बस सञ्चालन गर्ने भएको छ । साझाले ती बस असार १६ देखि सञ्चालनमा ल्याउने भएको छ ।

साझाका २० बस थपिंदै

साझाका अनुसार ती बस सञ्चालनका लागि यातायात व्यवस्था विभागबाट रुट परमिटसमेत लिइसकिएको छ । ती बस काठमाडौं, ललितपुर र भक्तपुरमा चलाइनेछन् ।

साझाका अनुसार नयाँ बसपार्कबाट जडीबुटी हुँदै कमलविनायकसम्म र चाबहिलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लगनखेलसम्म बस सञ्चालन गर्ने रुट तय गरिएको गरिएको छ । साझाका ७१ बस नियमित सञ्चालनमा छन् । २० वटा थपिएपछि ९१ वटा पुग्नेछन् ।

यीमध्ये एउटा अपांगता भएका र ज्येष्ठ नागरिकका लागि लक्षित ‘लो फ्लोर’ बस छ ।

प्रकाशित : असार ९, २०७६ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?