१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सूर्यविनायकमा दुई दिन सार्वजनिक बिदा

भक्तपुर — सूर्यविनायक नगरपालिकाले दुई दिन सार्वजनिक बिदाको घोषणा गरेको छ । पाँचौं नगरसभाको तयारी र व्यवस्थापनका लागि नगरपालिका अन्तर्गतका विषयगत कार्यालयहरूमा असार ९ र १० गते सार्वजनिक बिदा दिने निर्णय गरेको नगरउपप्रमुख जुना बस्नेतले बताइन् ।

नगरपालिकाको पाँचौं नगरसभा असार ९ गते अर्थात् सोमबार सुरु हुने र उक्त अवसरमा आगामी आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेकाले बिदा दिने निर्णय गरेको उनले बताइन् ।


नगरपालिकाले सेवाग्राहीलाई बाधा पर्ने किसिमले आफूखुसी निर्णय गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । सामाजिक सञ्जालको प्रतिक्रिया सम्बन्धमा जनप्रतिनिधिले आफूहरूले कानुनको दायराभित्रै बसेर सार्वजनिक बिदाको निर्णय गरेको बताएका छन् ।


‘कानुनले ७ दिन नगरसभा गर्न पाउने भनेको छ,’ नगरउपप्रमुख बस्नेतले भनिन्, ‘नगरपालिकाको सबैभन्दा ठूलो चाड नगरसभा, नीति तथा कार्यक्रम र बजेटै हो ।’ जनप्रतिनिधि नभई नगरपालिका, वडा कार्यालयमा काम नहुने र नगरका जनप्रतिनिधि तथा कर्मचारी कार्यक्रममै व्यस्त हुने भएकाले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

प्रकाशित : असार ९, २०७६ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?