प्रहरीद्वारा पत्रकार तथा कवि संगीत श्रोता पक्राउ

प्रहरी भन्छ, 'झुक्किएर पक्राउ'
रसुवाली कवि पनि पक्राउ
जनकराज सापकोटा

काठमाडौँ — प्रहरीले नयाँ पत्रिका दैनिकका पत्रकार एवं कवि संगीत स्रोता र रसुवाली कविको नाममा कविता लेख्ने ठाकुरप्रसाद तिम्सेनालाई पक्राउ गरेको छ । रसुवाली कविलाई यसअघि पनि प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द समूहमा संग्लन रहेको आरोपमा पक्राउ गरेको थियो ।

प्रहरीद्वारा पत्रकार तथा कवि संगीत श्रोता पक्राउ

उनी केही समयअघि मात्रै काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर छुटेका थिए ।


संगीत स्रोता पक्राउको कारण भने खुलेको छैन । संगीतलाई किन समातिएको हो ? प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले उनी झुक्किएर पक्राउ परेको र छोडिसकिएको बताए ।

संगीत श्रोता पक्राउ पर्दा सँगै रहेका नयाँ पत्रिकाका पत्रकार दिपक सपकोटाले आरआर क्याम्पस अघि हिँडिरहेका बेला बर्दीधारी आठ–दस जनाको समूहका रहेका प्रहरीले केही बुझ्नु पर्ने भन्दै पक्राउ गरेको बताए । दिपकले भने, ‘पक्राउ परेपछि संगीतलाई महेन्द्र पुलिस क्लबभित्र लगेर केहीबेर राखे । अनि सिंहदरबार प्रहरी वृत्त पुर्‍याए ।’

प्रकाशित : असार ११, २०७६ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?