१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बूढानीलकण्ठले करको दायरा बढाउने

काठमाडौँ — बूढानीलकण्ठ नगरपालिकाले अघिल्लो वर्षको तुलनामा राजस्व संकलनको दायरा बढाउने भएको छ । राजस्व शाखा प्रमुख अच्युत खड्काले यस वर्ष नगरपालिकाले कर संकलनमा वृद्धिका लागि करमा वृद्धि नगरी करको दायरा बढाउने नीति ल्याएको बताए ।

नगरपालिकाले कवाडि कर र सवारीसाधन पार्किङ शुल्क उठाउने भएको छ । खड्काका अनुसार सवारीसाधन सुरक्षा र व्यवस्थित गर्नका लागि नगरले बनाएको सडकसँगै रहेका मन्दिर, गुम्बामा पार्किङको व्यवस्था गर्न लागिएको हो । त्यस्तैगरी नगरपालिकाभित्र उत्पादित कवाडिजन्य वस्तुहरू कर नतिरिकन यस क्षेत्रबाट लैजान नपाइने भएको छ । अघिल्लो वर्षहरूमा यस क्षेत्रमा उत्पादित कवाडी सामानको कर चन्द्रागिरि नगरपालिकाले उठाउँदै आएको थियो ।


जसमा अघिल्लो वर्षमा घरजग्गा/सम्पत्ति, बहाल, व्यवसाय, नक्सापास दस्तुर, नक्सा अभिलेखकरण, सिफारिस, विज्ञापन, दण्ड जरिवाना, खानी जन्य पदार्थलगायत अन्यमा कर लगाउँदै आएको थियो ।


हालसम्म नगरपालिकाले सम्पत्ति करमा ३०, बहाल करमा १०, व्यावसायिक करमा ३५ प्रतिशत कर संकलन गरेको छ । नगरपालिकाले आर्थिक वर्ष ०७५/७६ मा कर संकलन रकमको लक्ष्य १ अर्व २१ करोड २१ लाख ४० हजार राखेको छ । प्रस्तावित रकम अनुमानित रकमको लक्ष्यभन्दा ५० हजार बढी रहेको छ ।


राजस्व शाखाले आर्थिक वर्ष ०७४/०७५ मा २४ करोड संकलन गर्ने भनिएकोमा आर्थिक मसान्तको जेष्ठ महिनासम्ममा १६ करोड हाराहारीमा कर संकलन गरेको छ ।


१३ वटा वडा कार्यालय रहेको यस नगरपालिकाले कर संकलनमा चाहेअनुसार लक्ष्य लिन सकेको देखिँदैन । जनशक्तिको अभावमा जनतामाझ कर तिर्नुपर्छ भन्ने सूचना प्रवाह गर्न नसकिएको नगरपालिकाका अधिकारी सुनाउँछन् ।

प्रकाशित : असार १२, २०७६ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?