युरोप पठाइदिन्छु भनी लाखौं ठगी गर्ने पक्राउ 

काठमाडौँ — आकर्षक तलब पाउने गरी युरोप पठाइदिने प्रलोभनमा ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । विभिन्न व्यक्तिबाट ५१ लाख ५० हजार ठगी गरेको भन्दै चितवन रत्ननगर नगरपालिका-४ देवौलीका नवीनकुमार चौधरीलाई महानगरीय अपराध महाशाखा टेकुको टोलीले मंगलबार साँझ पक्राउ गरेको हो ।

युरोप पठाइदिन्छु भनी लाखौं ठगी गर्ने पक्राउ 

काठमाडौंको धापासी बस्दै आएका चौधरीले वैदेशिक रोजगारको सिलसिलामा युरोप-वर्किङ भिसामा आकर्षक तलब हुन्छ भनि विभिन्न प्रलोभन देखाइ पीडितलाई भारत पुर्‍याएर अलपत्र पारेर ठगी गरेको प्रहरीले जनाएको छ ।


ठगी गरी सम्पर्क विहीन भएका चौधरी विरुद्ध वसन्त केसी लगायत पीडितले जेठ २८ गते दिएको संयुक्त जाहेरीको आधारमा टोखा नगरपालिका-६ बाट उनलाई पक्राउ गरिएको महाशाखाका प्रहरी उपरीक्षक

ईश्‍वर कार्कीले जानकारी दिए । उनलाई अनुसन्धानका लागि बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।


मुलुकी ऐन ठगीको महलअनुसार झुक्याई, विश्ववासमा पारी ठगी गरेमा कसुरको मात्रा हेरी बिगो भराई बिगोबमोजिमको जरिवाना र पाँच वर्षसम्म कैद हुने कानुनी प्रावधान छ ।

प्रकाशित : श्रावण १, २०७६ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?