कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

भीसीटीएस प्रणाली तत्काल स्थगन गर्न औषधि व्यवसायीको माग

काठमाडौँ — नेपाल औषधि व्यवसायी संघले यही साउन १ देखि लागू भएको मालवस्तु तथा ढुवानी साधन अनुगमन प्रणााली (भीसीटीएस) लगायत नयाँ प्रणाली तत्काल स्थगन गर्न सरकारसँग माग गरेको छ ।

भीसीटीएस प्रणाली तत्काल स्थगन गर्न औषधि व्यवसायीको माग

नयाँ प्रणाली अभ्यस्त गराउन समय लाग्ने भएकोले औषधि ढुवानीमा समस्या आएको भन्दै संघले स्थगनको माग गरेको हो । भीसीटीएस जबर्जस्ती लागू गरिएमा औषधिको आपूर्ति अवरुद्ध हुने र मुलुकभर अभाव खड्किने समेत संघले चेतावनी दिएको छ ।


आइतबार संघका महासचिव रामचन्द्र शर्माले विज्ञप्ति निकालेर दैनिक ज्यालादारीमा काम गर्ने तथा अस्थायी कर्मचारीहरुलाई समेत स्थायी लेखा नम्बर अनिवार्य गर्ने व्यवस्था अव्यवहारिक भएको भन्दै आपत्ति जनाएका छन् । उनले औषधि ढुवानी सेवामा लगाइने मृल्य अभिवृद्धि करले व्यावसायिक लागत बढ्न गई आम उपभोक्ताहरुलाई प्रत्यक्ष मार पर्ने भन्दै प्रस्तावित नीतिहरु खारेजीको मागसमेत गरेका छन् ।


सरकारले साउनदेखि भीसीटीएस, सबै कामदार तथा कर्मचारीको लागि स्थायी लेखा नम्बरको अनिवार्यता, ढुवानी सेवामा मूल्य अभिवृद्धि कर लगायत आर्थिक नीति लागू गराएको छ ।

प्रकाशित : श्रावण ५, २०७६ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?