२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

महिलाको बेवारिसे शव भेटियो 

(भक्तपुर) — सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरस्थित सर्भिस ट्रयाकमा आइतबार साँझ बेवारिसे महिलाको शव भेटिएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार रातो चौबन्दी चोली, रातो फरिया, खाली खुट्टा, अन्दाजी ५ फिट उचाई भएकी, करिब ४५ वर्षकी देखिने महिला मृत भेटिएकी हुन् ।


भक्तपुर प्रहरी प्रवक्ता डीएसपी रेवतीरमण पोखरेलले घटनाको अध्ययन भइरहेको बताए । उनले शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको बताए ।


प्रकाशित : श्रावण ५, २०७६ १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?