कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

आजदेखि गुँला पर्व सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — एक महिना चल्ने गुँला पर्व शुक्रबार सुरु भएको छ । नेपाल सम्वतको नवौं महिनामा मनाइने भएकाले यसलाई गुँला भनिएको हो । साउन शुक्ल प्रतिपदाबाट सुरु हुने यो पर्व एक महिनासम्म चल्छ ।

गुँलाको अवसरमा उपत्यकामा रहेका बौद्ध चैत्य, विहारको परिक्रममा गर्ने गरिन्छ । यस क्रममा धाः बाजा बजाउँदै चैत्य परिक्रमा गर्ने गरिन्छ । गुँला बाजामा बाँसुरी, खिं मुख्य रूपमा समावेश हुन्छ ।


बौद्ध धर्मालम्बीको विशेष पर्व रहेको यस अवसरमा माछामासु खाने गरिन्न । वर्षभर दिवंगत आफन्तको सुखावति भुवनमा बास होस भने कामना गर्दै एक महिना नजिकको विहार र चैत्य परिक्रममा गर्ने गरिन्छ । नेपाल भाषामा ‘गुँ’ को अर्थ नौ र ‘ला’ को अर्थ महिना हुने गर्छ ।


एक महिनाको अवसरमा स्वयम्भू महाचैत्य दर्शन गरेर शोभा भगवती हुँदै जनबहालको सेतो मत्स्यन्द्रनाथको दर्शन गर्ने परम्परा रहेको छ । यस्तै विहारमा नाम संगीति पाठ गर्ने पनि गरिन्छ । यसै अवधिमा पञ्चदान पर्व मनाउने पनि गरिन्छ ।

प्रकाशित : श्रावण १७, २०७६ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?