कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

फुटपाथमा हिँड्नै मुस्किल

सीमा तामाङ

काठमाडौँ — मध्याह्नको समयमा कुपन्डोलदेखि पुल्चोकतिर जाने खोलापट्टिको सडकखण्डमा हिँड्दै थिइन्, ईश्वरी श्रेष्ठ । श्रेष्ठ दैनिक यही बाटोको प्रयोग गर्छिन् । पुल्चोकमा पसल भएकाले दैनिक घर र पसलको दूरी पैदलयात्राबाटै तय गर्ने गरेको उनले बताइन् ।

फुटपाथमा हिँड्नै मुस्किल

फुटपाथमा रोपिएका रूखका हाँगाहरू नकाटिँदा फुटपाथमा हिँड्नै मुस्किल भएको उनको गुनासो छ । ‘फुटपाथमा फिँजिएका रूखका हाँगाले हिँड्नै मुस्किल छ,’ उनले भने, ‘रूखसँगै फुटपाथमा जोडिएका ढल पनि नछोपिँदा डर मर्नु छ ।’ समूहमा हिँडेका बुटवाले त झन् बाटै नछोड्ने हुँदा फुटपाथमा हिँड्नै मुस्किल भएको उनको भनाइ छ ।

हरिहर भवनदेखि पुल्चोकतिर जाँदा अर्थात् नेपाल टेलिकमसँगै जोडिएको फुटपाथमा काटिएका रूखको फेद केही महिनादेखि अलपत्र छन्, जसले फुटपाथ नै ढाकेको छ । साघुँरो फुटपाथ त्यसमाथि रूखको फेद, विरूवाबाट बनेका रूखका हाँगा, खुला ढलका खाडलले गर्दा पैदलयात्रुलाई हिँड्नै सकस हुन्छ ।

पहिलो पटक कुपन्डोलदेखि पुल्चोकको यात्रा तय गर्दै थिइन्, उर्मिला सुनुवार । बच्चा बोकेर हिँड्दै गरेकी उनी कतै ठेस लागेर लडिने हो कि भन्दै थिइन् । फुटपाथमा हिँड्दा उनको पनि अनुभव त्यस्तै छ । फुटपाथसँगै जोडिएका कुलो तथा ढल खुला रहेकाले डराउँदै हिँडनुपरेको उनले बताइन् । फुटपाथमा हिँड्न मुस्किल छ ।

बच्चालाई लिएर फुटपाथमा हिँड्न सकस हुने उनको अनुभव छ । ‘फुटपाथको कसैलाई वास्ता नै छैन,’ उनले भनिन्,‘ गाडीमा हिँड्नेलाई फुटपाथको समस्या के थाहा हुन्थ्यो र ।’ फुटपाथमा हिँड्दा अन्यत्र हेरेर हिँड्यो भने दुर्घटना हुने सम्भावना बढी हुने गरेको उनले बताइन् ।

नेपालको सडक मापदण्ड, २०७० (संशोधित) ले नयाँ मापदण्डअनुसार व्यस्त ठाउँमा कम्तीमा १ दशमलव ५ मिटर फुटपाथ हुनुपर्नेछ । फुटपाथमा मान्छेको चापअनुसार चौडाइ बढाउनुपर्ने मापदण्डमा छ । ५०० मानिस आवतजावत गर्ने ठाउँमा १ दशमलव ५ मिटर, १५ सय जना मानिस हिड्ने सडकमा २ मिटरको फुटपाथ र ३५ सय मानिस हिँड्ने ठाउँमा ३ मिटर चौडाइ भएको फुटपाथ हुनुपर्ने व्यवस्था छ ।


सडकमा ह्लिचियर अट्ने गरी १ दशमलव ५ मिटर चौडाइ भएको फुटपाथ निर्माण गर्नुपर्ने मापदण्डमा उल्लेख छ । तर अपांग र नेत्रविहीन त के सबलांग पैदलयात्रु पनि सहजै हिँड्न सक्ने अवस्था छैन यो सडक खण्डका फुटपाथमा । फुटपाथमा रहेका रूखको फेद महिनौंदेखि नहटाइएको एक स्थानीयले बताए । फुटपाथमा हिँड्न मुस्किल छ ।

यो फुटपाथमा हिँडिरहेकालाई कुनै समस्या नभए पनि पहिलो पटक यात्रा गर्नेलाई धेरै समस्या हुने गरेको उनको अनुभव छ । ‘म आफैँ पनि ठेस लागेर लडेको छु,’ उनले भने, ‘त्यसैले यहाँका फुटपाथमा हिँड्दा याद गरेर हिँड्नुपर्छ ।’ उक्त सडक खण्डका फुटपाथ कतै सुकेको र कतै फुकेको छ ।

अपांगमैत्री पनि छैन । अपांग त के सबलांग पैदलयात्रु पनि सहजै हिँड्न सक्ने अवस्था छैन । फुटपाथमा रूख, काटिएको रूखको फेद, नछोपिएका ढलका खाल्डोले पैदलयात्रुलाई हिँड्न समस्या छ ।

प्रकाशित : श्रावण २६, २०७६ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?