लिफ्टसहितको ज्येष्ठ नागरिक भवन

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिका २९ वडाले लिफ्टसहितको ज्येष्ठ नागरिक भवन निर्माण थालेको छ । प्रतिनिधिसभा सदस्य एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहको सांसद विकास कोषबाट प्राप्त ५० लाख रुपैयाँ बजेटबाट वीर गणेशमान ज्येष्ठ नागरिक भवन 
निर्माण थालेको वडाध्यक्ष कुश ढकालले बताए । 

करिब २ रोपनी क्षेत्रफलमा बन्न लागेको साढे ४ तलाको भवनमा ८० ज्येष्ठ नागरिक अटाउने उनले बताए । उक्त भवनमा ज्येष्ठ नागरिकले दिनभर भजन गाउने, आराम गर्ने, स्वास्थ्य सेवा निःशुल्क पाउने जनाएको छ ।


नगरका ज्येष्ठ नागरिकलाई ल्याउने, पुर्‍याउने व्यवस्था नगरपालिकाको समन्वयमा वडा कार्यालयले गर्ने वडाध्यक्ष ढकाल बताउँछन् । उक्त भवन निर्माणका लागि वडाले ७ करोड रुपैयाँ लागत इस्टमेट गरेको छ ।

प्रकाशित : श्रावण २७, २०७६ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?