१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

एकै पालिकाका ५ उम्मेदवार

ज्योति कटुवाल

दैलेख — स्थानीय भगवतीमाई गाउँपालिकाबाट ५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । एकै गाउँपालिकाबाट धेरैको उम्मेदवारी परेपछि स्थानीयवासीमा कसलाई भोट दिने र कसको प्रचारमा जाने भन्ने अलमल भएको छ ।

एकै पालिकाका ५ उम्मेदवार

दुई क्षेत्र रहेको दैलेखस्थित भगवतीमाई गाउँपालिका क्षेत्र नं. १ (ख) मा पर्छ । बाम गठबन्धनका तर्फबाट प्रत्यक्षतर्फ भगवतीमाई गाउँपालिका १ पगनाथका एमालेका अम्मरबहादुर थापा प्रतिनिधिसभा सदस्यमा उठेका छन् । सोही गाउँपालिका ३ वासी माओवादी केन्द्रका धर्मराज रेग्मी क्षेत्र नं. १ (क) का प्रत्यक्षतर्फका उम्मेदवार हुन् । वडाभैरवका दीपककुमार शाही लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार छन् । 

एमालेमा लामो समय सक्रिय उनी स्थानीय तह निर्वाचनपछि राप्रपा प्रवेश गरेका थिए । उनलाई लोकतान्त्रिक गठबन्धनले उम्मेदवार बनाएको छ । शाहीले एमालेका अध्यक्ष रविन्द्रराज शर्मासँग प्रतिस्पर्धा गर्दैछन् । त्यस्तै राष्ट्रिय जनमोर्चाबाट भगवतीमाई १ का झवीराज खत्री क्षेत्र नं. १ (क) बाट प्रदेशसभाका उम्मेदवार छन् । यही गाउँपालिकाका गीताकुमारी खत्री जनमोर्चाबाट प्रदेशतर्फ समानुपातिक सूचीमा छिन् । 

निर्वतमान सांसद अमरबहादुर थापा पहिलो संविधानसभा निर्वाचनमा कांग्रेसका गणेशबहादुर खडकासँग पराजित भएका थिए । दोस्रो संविधानसभामा भने खडकालाई थापाले पराजित गरेका थिए । उनले अहिले कांग्रेसका पूर्वसभापति जगतजंग थापासँग प्रतिस्पर्धा गर्दैछन् । उनले आफू सांसद हुँदा जिल्लाको विकासमा धेरै काम गरेकाले निर्वाचित हुने दाबी गरे । बाम गठबन्धनबाट प्रदेशतर्फ उम्मेदवार बनेका माओवादी केन्द्रका धर्मराज रेग्मी कानुन व्यवसायी हुन् । रेग्मीले सर्वोच्च अदातलमा संवैधानिक कानुनविज्ञका रूपमा बहस गर्दै आएका थिए । रेग्मीको कांग्रेस जिल्ला सभापति कृष्णकुमार बिसीसँग प्रतिस्पर्धा हुँदैछ ।

प्रकाशित : कार्तिक २५, २०७४ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?