कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

भावनात्मक गीत सुनाएर मतदाता आर्कषित गर्दै उपेन्द्र यादव

माओवादीप्रति आक्रामक
अवधेशकुमार झा

राजविराज — सप्तरीको मलेठवाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबले आईतवारदेखि आफनो चुनावी प्रचार अभियान सुरु गरेका छन् । यादव सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार छन् ।

भावनात्मक गीत सुनाएर मतदाता आर्कषित गर्दै उपेन्द्र यादव

गजेन्द्नारायण सिंह औद्योगिक क्षेत्रको मुलगेटमा रहेको मधेशी सहिदलाई अन्तिम संस्कार गरिएको स्थानमा माल्यापर्ण गर्दै उनले मधेश गठबन्धनको क्षेत्रीय चुनावी प्रचार अभियान थाले । नजिकै आयोजित प्रचार अभियान सभा सुरु हुनासाथ फोरम अध्यक्षले कुर्ताको गोजीबाट आफनो मोवाईल निकाले । गित खोजे । कार्यक्रम उद्घोषकसित माइक मागे, अनि भारतको देशभक्ती गीत ‘ऐ मेरे बतनके लोगो, जरा आँखमे भरलो पानी’ गीतमा मधेश आन्दोलन ताका बनाईएको ‘ऐ मेरे मधेशके लोगो जहा आँखमे भर लो पानी’ भन्ने भावनातमक गीत सुनाउदै मतदाता आकर्षित गर्ने प्रयास गरे ।

आफनो एउटा हातमा मोवाईल र अर्को हातमा माइक राख्दै उक्त गीत सुनाएपछि बल्ल सुरु भयो कार्यक्रम । कार्यक्रममा फोरम अध्यक्ष यादवले माओवादीलाई निसाना बनाए । उनले भने, ‘माओवादीका नेताहरु माओवादको खोल ओढेर जनता लुटिरहेका छन् उनीहरु लुटेरा हुन् ।’ माओवादीबिरुद्ध निक्कै आक्रामक देखिएका यादवले थपे, ‘माओवादीले पहिला जनता लुट्यो, अब देश लुट्न खोज्दैछन्, माओवादीका नेताहरु तस्कर हुन् ।’ माओवादीको बिरुद्धमा निक्कै बेर खर्चिएका यादवले भने, ‘माओवादी चर्चा गर्न लायक पार्टी नै होइन् ।’

भाईहरु ग्रिनकार्ड हेल्डर भएपनि म जनताको सेवक–सुमन
उक्त कार्यक्रममा यादव भन्दा अघि बोलेका राजपा महासचिव मनिषकुमार सुमनले आफु जनताको सेवक रहेको बताए । उनले भने, ‘म पढेलेखेको पनि छु, मेरा भाईहरु अमेरिका बस्छन्, ग्रिनकार्ड होल्डर हुन् तर म जनताको सेवक बन्न आएको छु ।’ सुमन मधेश गठबन्धनबाट सप्तरी २ (ख) मा प्रदेशसभामा उम्मेदवार छन् । उनले बाम गठबन्धनका उम्मेदवारलाई लखेट्न समेत कार्यकर्तालाई आग्रह गरे । उनले भने, ‘मधेश र मधेशीको अधिकार नदिने बामगठबन्धनका उम्मेदवार भोट माग्न आउदा झाडु लिएर लखेटनुस ।’ महासचिव सुमनले बाम गठबन्धनका उम्मेदवारलाई शिखण्डीको संज्ञा दिए । उनले भने, ‘बाम गठबन्धनका उम्मेदवार न नर हुन् न नारी उनीहरु शिखण्डी हुन् ।’

गठबन्धन मधेशको माग–शैलेन्द्र
कार्यक्रममा फोरम नेपालका राजनीतिक समिति सदस्य तथा सप्तरी २(क) का प्रदेशसभाका उम्मेदवार शैलेन्द्रप्रसाद साहले फोरम र राजपाबीच भएको गठबन्धन मधेश आन्दोलन र मधेशी जनताको माग रहेको बताए । उनले मधेश गठबन्धनका उम्मेदवार जिते मात्र संबिधान संसोधन भई मधेशीको अधिकार स्थापीत हुने दाबी गरे ।

प्रकाशित : कार्तिक २६, २०७४ १४:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?