तनहुँमा बल्ल आइपुग्यो मतदाता शिक्षा सामग्री

कान्तिपुर संवाददाता

काठमाडौं — तनहूँमा मतदाता शिक्षा सामग्री आइपुगेको छ । एक हप्ता अगाडि आउनुपर्ने मतदाता शिक्षा सामग्री ढिलाई गरी आइपुग्दा गाउँ गाउँमा मतदाता शिक्षा कार्यक्रम सञ्चालनमा ढिलाई भएको छ ।

तनहुँमा बल्ल आइपुग्यो मतदाता शिक्षा सामग्री

निर्वाचन आयोगले ढिलाई गरी निर्वाचन शिक्षा सामग्री पोस्टर, नमुना मतपत्र, आचारसंहिताका पुस्तक तथा पोस्टरलागयत आवश्यक सामग्री जिल्ला निर्वाचन कार्यालय तनहुँमा आएको निर्वाचन अधिकारी बाबुराम घिमिरेले बताए । कार्तिक २१ गतेबाट मतदाता शिक्षा स्वंसेविकालाई प्रशिक्षण दिएर गाउँमा खटाउनु पर्ने हो उनले भने, 'मतदाता शिक्षा सामग्री ढिलाई गरी आएकाले मतदाता शिक्षा सञ्चालनमा ढिलाई भएको छ ।'
 
कार्तिक २७ देखि २९ गतेसम्म मतदाता शिक्षा स्वंसेविकालाई तालिम सञ्चालन गर्ने निर्वाचन कार्यालयका सूचना अधिकारी अशोक नेपालीले जानकारी दिए । 'तालिमलगत्तै निर्वाचन शिक्षा कार्यकर्तालाई तनहुँको सबै गाउँपालिका र नगरपालिकामा खटाउर्छौ', उनले भने, 'प्रत्येक मतदान केन्द्रमा एक जनाको दरले २ सय ६५ जना निर्वाचन शिक्षा कार्यकर्ता खटाउने छ ।'

निर्वाचन शिक्षा कार्यकर्ताले गाउँ गाउँमा गएर निर्वाचनसम्बन्धी पोस्टर टाँस्ने, मतदाताको घरदैलोमा पुगी नमुना मतपत्र प्रयोग गरी मतदातालाई मतदान गर्न सिकाउने तथा उत्प्रेरणा गर्नेकार्य गर्न लगाउने छ । 

तनहूँ निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ५ हजार ५ सय ७२ जना र निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख ५ हजार ८ सय २४ जना मतादातासहित कुल २ लाख ११ हजार ३ सय ९६ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय तनहूँले जनाएको छ । 

प्रकाशित : कार्तिक २६, २०७४ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?