मतदानको दिन सार्वजिनक बिदा दिन आयोगको आग्रह, विद्यालयहरू चार दिन बन्द हुने

काठमाडौं — निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधिसभाको पहिलो र दोस्रो चरणको निर्वाचनका दिन निर्वाचन हुने जिल्लाहरूमा सार्वजनिक बिदा दिन सरकारलाई आग्रह गरेको छ । मंसिर १० गते पहिलो चरणमा ३२ र मंसिर २१ गते दोस्रो चरणमा ४५ जिल्लामा निर्वाचन हुँदै छ ।

मतदानको दिन सार्वजिनक बिदा दिन आयोगको आग्रह, विद्यालयहरू चार दिन बन्द हुने

आयोगले मतदानका दिन सार्वजनिक सवारीसाधन सञ्चालन नहुने र अधिकांश कर्मचारी निर्वाचन सञ्चालन एवं व्यवस्थापनमा खटिने हुनाले सार्वजनिक बिदा दिन गृह मन्त्रालयलाई शुक्रबार पत्राचार गरेको हो । पहिलो चरणको निर्वाचन हुने जिल्लामा मंसिर ७ देखि १० गतेसम्म तथा दोस्रो चरणमा मंसिर १८ देखि २१ गतेसम्म सार्वजनिक तथा संस्थागत विद्यालय र क्याम्पसहरू बिदा दिनसमेत आयोगले सरकारलाई आग्रह गरेको छ ।

आयोगका प्रवक्ता नवराज ढकालले अधिकांश मतदान केन्द्र विद्यालय तथा क्याम्पसमा रहेकाले चार दिन बिदा दिन आग्रह गरिएको बताए । निर्वाचन व्यवस्थापनका लागि खटिने कर्मचारी तथा सुरक्षाकर्मी मतदान हुने तीन दिनअगावै मतदान केन्द्र पुग्ने भएकाले सोहीअनुसार बिदा मिलाउन भनिएको उनले जनाए । त्यसबाहेक मतदान केन्द्र रहेको स्थानीय तहका भवन, वडा कार्यालय, स्वास्थ्य चौकी, कृषि सेवा केन्द्र र पशुसेवा केन्द्रलगायत सार्वजनिक भवन तथा परिसर पनि चार दिनका लागि निर्वाचन प्रयोजनमा उपलब्ध गराउन आयोगले सरकारलाई आग्रह गरेको छ ।

प्रकाशित : मंसिर १, २०७४ २१:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?