१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

भोजपुरमा सुरक्षा सतर्कता बढाइयो

विद्या राई

भोजपुर — जिल्लामा निर्वाचन सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सुरक्षा निकायका प्रमुखहरुले अनुगमन गरेका छन् । निर्वाचनविरोधी तथा उम्मेदवार लक्षित गतिविधि भएपछि मतदान समयको मुखैमा आएर उनीहरुले अनुमगन गरेका हुन् । बिहीबार क्षेत्रीय र शुक्रबार केन्द्रीयस्तरको टोलीले अनुगमन गरी आवश्यक निर्देशन दिएर फर्केको प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताए ।

भोजपुरमा सुरक्षा सतर्कता बढाइयो

जिल्लामा निर्वाचन सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सुरक्षा निकायका प्रमुखहरुले अनुगमन गरेका छन् ।

निर्वाचनविरोधी तथा उम्मेदवार लक्षित गतिविधि भएपछि मतदान समयको मुखैमा आएर उनीहरुले अनुमगन गरेका हुन् । बिहीबार क्षेत्रीय र शुक्रबार केन्द्रीयस्तरको टोलीले अनुगमन गरी आवश्यक निर्देशन दिएर फर्केको प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताए ।

नेपाली सेनाको हेलिकप्टरमा नेपाली सेना रथी पूर्णचन्द्र थापा, सशस्त्र प्रहरी प्रमुखसिंह बहादुर श्रेष्ठ, नेपाल प्रहरी प्रमुख प्रकाश अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीपराज रेग्मी आएका थिए । बुधबार क्षेत्रीयस्तरका सुरक्षा अधिकारीहरु जिल्ला दौडाहामा आएका थिए । बिहीबारको टोलीमा गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा पनि थिए । उनीहरुले प्रजिअ तथा जिल्लाका सुरक्षा निकाय प्रमुखहरुले निर्वाचनको लागि गरिएको सुरक्षा व्यवस्था तथा रणनीतिबारे जानकारी तथा आवश्यक निर्देशन दिएका थिए । निर्वाचनको समयमा सुरक्षा उच्च अधिकारी आउँदा आफूहरुको पनि मनोबल बढेको प्रजिअ दाहालले बताए ।

यसअघि लोकतान्त्रिक गठबन्धनका तर्फबाट भोजपुर प्रदेश(२)का उम्मेदवार गोविन्द कार्कीको टक्सारमा रहेको घर नेकपाका कार्यकर्ताले कब्जामा लिएका थिए । केही समयपछि टेम्केमैयुङ गाउँपालिकामा आयोजित चुनावी सभामा जाँदै गरेको वाम गठबन्धनका प्रदेश (२) का उम्मेदवार शेरधन राई चढेको गाडीमा अज्ञात समूहले बम प्रहार गर्‍यो ।

चुनावीसभा पुगेर सदरमुकाम फर्कंदै गर्दा षडानन्द–८, भिरथाप्लामा राखिएको बम पड्किएर युवा संघ नेपाल भोजपुरका सचिवालय सदस्य तथा टेम्केकैयुङ–७ कोट गाउँपार्टी सचिव ३३ वर्षीय विक्रम राई बम लागेर गम्भीर घाइते भएका थिए । उत्तरी साल्पासिलिछो गाउँपालिका–२, कुलुङमा वाम गठबन्धनको चुनावीसभा चल्दै गर्दा बम विस्फोट गराइयो । प्रदेशसभा १ का उम्मेदवार राजेन्द्र राईले सम्बोधन गर्दैगर्दा कार्यक्रमस्थलको एक सय मिटर नजिकै बम विस्फोट गराइएको थियो ।

सुरक्षा संवेदनशिल जिल्ला मानिए पनि चिन्ता लिनुपर्ने अवस्था नरहेको उनले बताए । यससँगै निर्वाचन तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ ।

मतपेटिका, परिचयपत्र, मतपत्रलगायत निर्वाचन सामग्री लिएर कर्मचारीहरु मतदान केन्द्र पुगिसकेका छन् । उनीहरुले बिहीबारबाटै मतदाता परिचय पत्र वितरण र केन्द्र बनाउन थालेका छन् । मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङनामका अनुसार मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी गरी १ हजार १ सय ८४ जना कर्मचारी खटिएका छन् । १ सय ४८ मतदान अधिकृत, सोही संख्यामा सहायक मतदान अधिकृत, सहायक कर्मचारी ५ सय ९२ र कार्यालय सहयोगी २ सय ९६ जना खटिएका छन् ।

यहाँ ८७ मतदानस्थल र १ सय ४८ वटा मतदान केन्द्र छन् । जसमध्ये १७ वटा अति संवेदनशील, २४ संवेदनशील र ४६ वटा सामान्य स्थलहरु रहेका छन् । तीन तहमा सुरक्षा घेरा हुनेछ ।

जिल्लाभर ६ सय ९० म्यादी प्रहरी मतदान केन्द्र पुगिसकेका छन् । अति संवेदनशीलमा ९, संवेदनशीलमा ७ र सामान्यमा ५ जना म्यादी प्रहरी रहने र थप नेपाल प्रहरी, सशस्त्र र नेपाली सेना रहने जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गीतनारायण चौधरीले बताए ।

प्रकाशित : मंसिर ८, २०७४ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?