जितमा कुनै शंका छैन : बाबुराम

सुदीप कैनी

गोरखा — नयाँ शक्तिका संयोजक तथा लोकतान्त्रिक गठबन्धनका तर्फबाट गोरखा–२ का उम्मेदवार डा. बाबुराम भट्टराईले आफ्नो जितमा कुनै शंका नभएको बताएका छन् ।



आइतवार गोरखाको पालुङटार नगरपालिकास्थित अन्नपूर्ण मावि, खोप्लाङमा रहेको मतदान केन्द्रमा मतदान पछि कान्तिपुरस‌ँग भने, 'जितमा कुनै शंका छैन । कति मतको मार्जिनमा भन्ने मात्र हो ।'
उनले आफु विकास र समृद्धिको योजनाकार भएको उल्लेख गर्दै गोरखाली जनताले भारी मत दिने बिश्वास व्यक्त गरे ।

'संविधान निमार्ण भई सकेकाले चुनावपछि देश विकास र समृद्धिमा प्रवेश गर्छ,' उनको भनाई थियो । आफुले प्रधानमन्त्री र अर्थमन्त्री हुँदा पूरा गर्न नसकेका काम अब पुरा गर्ने समेत बताए ।

प्रकाशित : मंसिर १०, २०७४ १०:३२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रतिनिधि र प्रदेशसभाको पहिलो चरणको मतदानको औपचारिक समय सकियो (अपडेट)

सुरुभयो मतपेटिका ओसार्न, लाइन बसिसकेकालाई मतदान गर्न दिइने
कान्तिपुर संवाददाता

काठमाडौं — आइतबार बिहान ७ बजेदेखि ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा जारी मतदानको औपचारिक समय सकिएको छ । साँझ पाँच बजेसम्म मतदान समय तोकिएको थियो । यद्यपी बिभिन्न स्थानमा अझै मतदाता लाइनमा रहेकोले नसिकएसम्म मतदान गर्न दिइने बताइएको छ । मतदान भइसकेका जिल्लाहरुको मतपेटिकालाई नेपाली सेनाको सुरक्षामा राखेर दोस्रो चरणको मतदानपछि संगै गणना गरिनेछ ।

आइतबार बिहान ७ बजेदेखि ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा जारी मतदानको औपचारिक समय सकिएको छ। साँझ पाँच बजेसम्म मतदान समय तोकिएको थियो। यद्यपी बिभिन्न स्थानमा अझै मतदाता लाइनमा रहेकोले नसिकएसम्म मतदान गर्न दिइने बताइएको छ। मतदान भइसकेका जिल्लाहरुको मतपेटिकालाई नेपाली सेनाको सुरक्षामा राखेर दोस्रो चरणको मतदानपछि संगै गणना गरिनेछ।

मनाङकफ चामेमा मतदान पछि मतपेटिका सिल गरिंदै। तस्बिर : इन्द्र पौडेल/केटीभी।
Tweets about "#NepalElection2074 from:kantipurdaily"

  • ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–२ मा बाम र लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताबीच झडप भएपनि स्थिति नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
  • ओखलढुंगामा धमाधम मतदान
    ओखलढुंगा– यहाँ पनि बिहान ७ बजेदेखि नै धमाधम मतदान भएको छ। ७:३० बजेभित्र जिल्लामा रहेको १ सय ४१ मतदान केन्द्रबाटै मतदान शुरु भएको प्रमूख जिल्ला अधिकारी जनकराज पन्तले बताए।
    जम्मा १ लाख २ हजार २ सय ६१ मतदाता जिल्लामा छन्। करिब ७५ प्रतिशत मत खस्ने अनुमान छ। १ हजार ५ सय ९४ मतदाता रहेको सिद्धिचरण नगरपालिका ११ को मतदानस्थलमा करिब २ घण्टामा ३ सय मत खसेको मतदान अधिकृत सुमन आचार्यले बताए।
    वृद्धवृद्धा, अपांग र अशक्तलाई सहज रुपले मतदानको व्यवस्था मिलाइएको छ। सुरक्षा अवस्था कडा पारिएको छ। प्रत्येक मतदानस्थलमा प्रहरीहरु तैनाथ गरिएका छन्। जिल्लाको सम्पूर्ण गाउँपालिकामा शान्तिपूर्ण मतदान भईरहेको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
  • उत्तरि गोरखाको ल्हो आधारभूत प्राविस्थित मतदान केन्द्रमा ९ बजे पछि मात्र मतदान सुरु हुने। चिसोका कारण ढिला भएको निर्वाचन अधिकृतको भनाई।
    –सुदीप कैनी, गोरखा
  • हिमाली जिल्ला मनाङमा ५० प्रतिशत मतदान कार्य सकिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी रामप्रसाद पौडेलले जानकारी।
    –आश गुरुङ, लमजुङ
  • धादिङको खनियाबासको एउटा र रुबिभ्यालीका दुइटा मतदान केन्द्रमा प्रतिनिधि नआएर बिहान ९ बजेसम्म मतदान सुरु भएको छैन।
  • सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिकाको लागार्चेमा अझै मतदान भएन। वाम र लोकतान्त्रिक गठबन्धनका युवाहरुबीच शनिबार राति झडप भएको थियो। अहिले वार्ता भइरहेको छ।
  • माथिल्लो मुस्ताङका केही मतदानस्थल र केन्द्रमा भने मतदान सुरु भएको छैन। अत्याधिक चिसोका कारण मतदाताहरु मतदान गर्न आएनन्।
भोजपुरमा पर्यप्त मतदाता देखिएनन्। मतदानकेन्द्रहरु खाली खाली नै छन्। चिसोका कारण बिहान नआएका हुन सक्ने मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङनामले जानकारी दिए।

सिराञ्चोक गाउँपालिका- ८ स्थित परोपकार आदर्श मावि जौबारीमा मतदान गर्दै माओवादी नेता एवम् गोरखा क्षेत्र नम्बर २ का वाम गठबन्धनका साझा उम्मेदवार नारायणकाजी श्रेष्ठ।

गोरखाको पालुङटारमा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई मतदान गर्दै। तस्बिर : सुदीप कैनी

निवर्तमान सभामुख ओनसरी घर्तीमगर रोल्पामा मतदान गर्दै। तस्बिर : काशिराम डाँगी

सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता मोहनबहादुर बस्नेत सिन्धुपाल्चोकमा मतदान गर्दै। तस्बिर :अनिश तिवारी

पूर्वअर्थमन्त्री वर्षमान पुन रोल्पामा मतदान गर्दै। तस्बिर: काशिराम डाँगी

....

प्रकाशित : मंसिर १०, २०७४ १०:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT