भोजपुरमा ६५ प्रतिशत बढी मत खस्यो

विद्या राई

भोजपुर — आइतबार भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा जिल्लाभर ६५ प्रतिशत बढी मत खसेको छ । १ लाख १३ हजार ८ सय ९१ मतदातामध्ये ६५ प्रतिशत मतदाताले भोट हालेको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङनामले जानकारी गराए ।

भोजपुरमा ६५ प्रतिशत बढी मत खस्यो

सामान्य घटनाबाहेक शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न भएको छ । विगतमा निर्वाचन विरोधी र उम्मेदवार लक्षित गतिविधिहरु भएकाले संवेदनशिल जिल्लाका रुपमा लिएको थियो । सुरक्षा व्यवस्था गरे अनुसार अपेक्षाकृत रुपमा सभ्य र भव्य रुपमा सम्पन्न गर्न सकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपेन्द्र पञ्जियार थारुले बताए ।

यहाँ प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुई सिट गरी जम्मा तीन सिट छन् ।

प्रकाशित : मंसिर १०, २०७४ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?