मतपेटिकाको हेलिकप्टर शयर, तीन वटा सुरक्षा घेरा बनाएर राखिने

हरिहरसिंह राठौर

धादिङ — आईतवार सम्पन्न प्रथम चरणको निर्वाचनमा खसेका मतको सुरक्षामा तीन तहको घेरावन्दी हुने भएकोछ  । जिल्लाका विभिन्न मतदानस्थलबाट सवारी साधन तथा हवाई ढुवानीबाट संकलन गरिएका मतपेटिकाहरु सुरक्षार्थ तीनै तहको सुरक्षा घेरावन्दी रहने प्रजिअ श्याम प्रसाद भण्डारीले बताए ।

मतपेटिकाको हेलिकप्टर शयर, तीन वटा सुरक्षा घेरा बनाएर राखिने

धादिङका २ निर्वाचन क्षेत्रका १ सय ९ मतदानस्थलका मतपेटिकाहरु मध्य निर्वाचन क्षेत्रनं १ का ५५ वटै स्थलबाट विहान ३ वजेसम्म ल्याइ पुर्‍यायो । दार्खा र सत्यदेवीबाट सोमवार विहान ढुवानी गरिएको थियो भने सडक सन्जालले नछोएका १२ मतदान स्थलका १७ वटा केन्द्रबाट ५१ वटा मतपेतिका र मतदान अधिकृतहरु सेनाको हेलिकप्टरबाट प्रजिअ भण्डारी आफै गएर ओसारेका थिए ।

‘रुवीभ्यालीका १० मतदानस्थल, खनियावास र गंगाजमुनाबाट पनि सोमवार मध्यान्हसम्म हवाई साधनमार्फत सवै मतपेटिका ल्याइ पुर्‍याएको छ । अरु कर्मचारी पैदल आउदैंछन्’ प्रजिअ भण्डारीले बताए ।

‘ मतपेटिकालाई सुरक्षित राख्ने व्यवस्था मिलाउन सोमवार अपरान्ह सबै उम्मेदवार र राजनीतिक दलहरुसंग छलफल गरि प्रतिनिधिसभा, प्रदेशशभा र समानुपातिकका मतपेटिकाहरु संवन्धित निर्वाचन कार्यालयमा ताला मारेर लाहाछाप लगाई नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसमेतको सुरक्षा प्रदान गरिने र राजनीतिक दलहरुले पनि आफ्ना प्रतिनिधि राख्न चाहे व्यवस्था गरिदिने छ’ प्रमुख निर्वाचन अधिकृत उमेश कोईरालाले भने ।

आईतवार निर्वाचन सम्पन्न भएका अन्य ३२ जिल्लाहरु भन्दा सवैभन्दा वढी मतदाता रहेको धादिङमा ६६ प्रतिशत मत खसेको छ । जिल्लाका २ लाख ३३ हजार ५ सय ५ मतदाताहरुले २ प्रतिनिधिसभा निर्वाचन क्षेत्र , ४ प्रदेशसभा र समानुपातिकका लागि १ सय ९ मतदान स्थलका २ सय ७५ केन्द्रबाट मतदान गरेका छन् ।

सडक सन्जालले नछोएको उत्तरी भेक र अतिसंवेदनसिल रहेका धादिङका १२ मतदान स्थलका ५१ वटा मतपेटिका सोमवार विहान नेपाली सेनाको हेलिकप्टरले ओसार्‍यो । तस्बिर : हरिहरसिंह राठौर/कान्तिपुर ।

प्रकाशित : मंसिर ११, २०७४ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?