कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

राेल्पा पुर्‍याइएको रुकुमको मतपेटिका फिर्ता

रुकुम (पूर्व)/राेल्पा — पुथाउत्तरगंगा गाउँपालिकाका ४ मतदानस्थलका १२ मतपेटिका रोल्पा सदरमुकाम लिवाङ पुर्‍याइएको छ । मतदान अधिकृत र कर्मचारीसहित हुकाम मतदानस्थलमा जम्मा पारिएका ती मतपेटिका हेलिकप्टरबाट सदरमुकाम रुकुमकोट ल्याउने तयारी थियो ।

रुकुमको पुथाउत्तरगंगा गाउँपालिकाका ४ मतदानस्थलका १२ मतपेटिका रोल्पा सदरमुकाम लिवाङ पुर्‍याइएको मतपेटिका आज रुकुमको रुकुमकोट लगिएको छ । मतदान अधिकृत र कर्मचारीसहित हुकाम मतदानस्थलमा जम्मा पारिएका ती मतपेटिका हेलिकप्टरबाट सदरमुकाम रुकुमकोट ल्याउने तयारी थियो, तर अँध्याराे भएर अवतरण गर्न समस्या हुने भएकाले लिवाङ पुर्‍याइएको थियाे।

आज बिहान रोल्पाको उवाको २ मतदानस्थलको मतपेटिका बिहान हेलिकप्टरबाट रोल्पा सदरमुकाम ल्याइएपछि रुकुमका मतपेटिका लिएर हेलिकप्टर रुकुम उडेको रोल्पाका मुख्य निर्वाचन अधिकृत बासुसेवलाल श्रेष्ठले बताए ।

हिजो हुकामबाट उडेको हेलिकप्टर रुकुमकोट अँध्यारो रहेको भन्दै साँझ रोल्पाको लिवाङस्थित सेनाको ब्यारेकमा अवतरण गरेको प्रजिअ भूपेन्द्र सापकोटाले बताए । ‘मतपेटिका रुकुमकोट ल्याउने भनेर उडेको हो,’ सापकोटाले भने, ‘रात परिसकेपछि हेली यहाँ नभई लिवाङ ल्यान्ड भएछ ।’ उनका अनुसार सबै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लाहाछाप लगाएर राखिएको थियो ।

मतपेटिकासँगै रोल्पा पुगेका मतदान अधिकृत तथा त्यहाँका राजनीतिक दलका प्रतिनिधिलाई मतपेटिकाको सुरक्षार्थ त्यहीं बस्न भनिएको र मंगलबार बिहानै रुकुमकोट ल्याइने प्रजिअ सापकोटाले बताए ।

सडक सञ्जालले नछोएको, विकट र टाढा भएका कारण मतपेटिका हेलिकप्टरबाट ओसारिएको हो । मतपेटिका ल्याइँदै गरेको जानकारी पछि मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मी दिनभर हेलिकप्टर कुरेर बसेका थिए । तर ४ मतदान अधिकृत र ९ कर्मचारीसहित मतपेटिका रोल्पा पुर्‍याइएको थियो ।

जिल्लाका ३१ मध्ये २७ मतदानस्थलका मतपेटिका भने रुकुमकोट पुर्‍याइसकिएको छ । सिस्ने र भूमे गाउँपालिकाका आइतबारै ल्याइएको थियो । पुथाउत्तरगंगाका अधिकांश, भूमे र सिस्नेका एक/एक मतदान स्थलबाट सोमबार मतपेटिका ल्याइएको छ । तिनलाई रुक्मिणी मावि भवनमा राखिएको छ । सुरक्षामा प्रहरी २५, सशस्त्र प्रहरी ५० र तेस्रो घेरामा नेपाली सेना बस्ने गरी प्रबन्ध मिलाइएको प्रजिअ सापकोटाले जनाए ।

प्रकाशित : मंसिर १२, २०७४ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?