एमाले नेता नेपालको चुनावी अभियानमा दाहाल

काठमाडौं — नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालको चुनावी अभियानमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल शनिबार सहभागी भएका छन् ।

एमाले नेता नेपालको चुनावी अभियानमा दाहाल

नेता नेपाललगायत वाम गठबन्धनका उम्मेदवारलाई मत माग्ने उद्देश्यका साथ शुक्रबार आफ्नो निर्वाचन कार्यक्रम छोट्याएर काठमाडौँ आइपुगेका अध्यक्ष दाहाल शनिबार पेप्सीकोला क्षेत्रमा आयोजित घरदैलो कार्यक्रममा सहभागी भएका हुन् । अध्यक्ष दाहाल र नेता नेपालले पेप्सीकोला क्षेत्रमा करिब दुई घण्टा घरदैलो गर्दै स्थानीयसँग मत मागेका थिए । 

दुई पूर्वप्रधानमन्त्री मतदाताको घरदैलोमा पुग्दा स्थानीयले ताली बजाएर स्वागत गरेका थिए । घरदैलोपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले विगत केही दिन अघिदेखि नै नेपालको चुनावीसभामा सहभागी हुने इच्छा भए पनि व्यस्तताका कारण नभ्याएको भन्दै सहभागी भएर मतदातासँग मत माग्न पाएकोमा खुसी व्यक्त गरे । उनले वाम गठबन्धनका पक्षमा खुलेर मत हाल्न मतदातासँग अपिल पनि गरे । 'यस क्षेत्रका लागि मात्र होइन नेपालको राजनीतिका लागि पनि आवश्यक व्यक्ति हुनुहुन्छ माधव नेपाल,' प्रचण्डले भने, 'यस्तो व्यक्ति तपाईहरुले प्राप्त गर्नुभएको छ । यो तपाईहरुको पनि गौरवको कुरा हो ।' 

सभालाई सम्बोधन गर्दै नेता नेपालले फड्को हानेर जोखिम मोल्ने अर्थात् राजनीतिलाई निर्णायक मोड दिन सक्ने क्षमताको व्यक्ति प्रचण्डलाई चुनावीसभामा सँगै पाउँदा आफूलाई खुसी लागेको बताए । 

प्रकाशित : मंसिर १६, २०७४ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?