कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

बम पड्काउनु पुतलीको खेलौना हैन : ओली

डिल्लीराम खतिवडा

उदयपुर — एमालेका अध्यक्ष केपी ओलीले निर्वाचनलाई भाँड्न नसकेपछि बम आतंक मच्याइएको आरोप लगाएका छन् । केही दिनयता उम्मेदवारलाई लक्षित गरी भइरहेका श्रृखंलाबद्ध बम विस्फोटका घटना निर्वाचनविरोधी तत्वहरुले निर्वाचन हुने भएपछि मतदातालाई त्रसित बनाउन मात्र खोजेको बताए ।

बम पड्काउनु पुतलीको खेलौना हैन : ओली

वाम गठबन्धन निर्वाचन परिचालन समिति उदयपुरले शनिबार गाईघाटमा गरेको बृहत् चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बम पड्काउनुलाई पुतलीको खेलौना नठान्न आग्रह गरे । बम पड्कँदैमा लटरम्म धान नफल्ने भएकाले हिंसाको राजनीति त्यागेर निर्वाचनलाई सहयोग गर्न ओलीले अनुरोध गरे । वाम तालमेलसम्बन्धी प्रसंगमा अध्यक्ष ओलीले देशलाई स्थिरता कायम राख्न वाम तालमेल अहिलेको आवश्यकता भएको बताए । 

देशविकासका लागि स्थिर सरकार वर्तमान आवश्यक भएको बताउँदै उनले भने, ‘समृद्ध नेपाल निर्माणका लागि चुनावपछि पार्टी एकीकरण गर्ने गरी अहिले वाम तालमेल गरिएको हो ।’

कांग्रेसप्रति लक्षित गर्दै ओलीले दुई तिहाईको सरकार बनाउँदा समेत कांग्रेसले मुलुक समृद्धशाली बनाउन नसकेको आरोप लगाए ।‘लोकतन्त्रको नाममा कांग्रेसले लुटतन्त्र मच्याएको छ’पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘लुटतन्त्रलाई रोक्न वामपन्थी एकता गर्छु भन्दा कांग्रेस अत्तालिएको छ ।’ 

कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको शासन व्यवस्थाप्रति लक्षित गर्दै अध्यक्ष ओलीले देउवा ‘पितातुल्य महाराज धिराज’भन्दै शासन सत्ता राजालाई बुझाउने व्यक्ति भएको आरोप लगाए । उनले निर्वाचनपछि सामाजिक सुरक्षाभत्तालाई २ हजारबाट बढाएर ५ हजार पुऱ्याउने आश्वासन दिए । ‘सेना, प्रहरी, कर्मचारीको २५ प्रतिशत तलब कसले बृद्धि गऱ्यो,’ प्रश्न गर्दै उनले भने, ‘अशक्त, असहाय, वृद्धवृद्धा, बेसहरालाई माया गर्ने वामपन्थी मात्र हो ।’

प्रकाशित : मंसिर १६, २०७४ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?