कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सीमामा कडा सुरक्षा जाँच, संयुक्त गस्तीदेखि तालिम प्राप्त कुकुरसम्मको प्रयोग

मनोज पौडेल

कपिलवस्तु — निष्पक्ष र भयरहित वातावरणमा बिहीबार हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचन गर्न सुरक्षा जाँच कडा गरिएको छ । ३ दिन यता ग्रामीण र सहरी बस्तीका ठाउँठाउँमा आकस्मिक चेक थालिएको छ । त्यस्तै पूर्व–पश्चिम र सहायक मार्गहरु पनि ‘सरप्राईज चेकिङ गरिएको छ । सीमानाका कृष्णनगर, मर्यादपुर र चाकरचौडामा तालीम प्राप्त कुकुर प्रयोग गरेर जाँच गरिएको छ ।

सीमामा कडा सुरक्षा जाँच, संयुक्त गस्तीदेखि तालिम प्राप्त कुकुरसम्मको प्रयोग

निष्पक्ष र भयरहित वातावरणमा बिहीबार हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचन गर्न सुरक्षा जाँच कडा गरिएको छ ।

३ दिन यता ग्रामीण र सहरी बस्तीका ठाउँठाउँमा आकस्मिक चेक थालिएको छ । त्यस्तै पूर्व–पश्चिम र सहायक मार्गहरु पनि ‘सरप्राईज चेकिङ गरिएको छ । सीमानाका कृष्णनगर, मर्यादपुर र चाकरचौडामा तालीम प्राप्त कुकुर प्रयोग गरेर जाँच गरिएको छ । सहायक निरिक्षकको कमाण्डमा टोली नै खटाएर कुकुरले सुरक्षा चेक गर्ने गरिएको छ ।

भारतबाट आउने व्यक्ति र सावरीसाधानलाई विषेश जाँच गरिएको छ । त्यस्तै सीमाका ठाउँठाउँमा नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्त गस्ती गरिरहेका छन् । चुनाव लक्षित गरी भारतीय सुरक्षाकर्मीले पनि सीमा क्षेत्रमा चेक कडा गरेका छन् ।

चोक, बजार र संवदेनशिल ठाउँमा विषेश सुरक्षा सतर्कता अपनाइएको छ । सुरक्षा जोखिम रहेका ठाउँमा सादा पोसाकमा नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी पनि परिचालन गरिएको छ ।

‘आविञ्छत क्रियाकलाप हुन नदिन सर्तकता अपनाएका छौं,’ जिल्ला प्रहरी प्रमुख उपरिक्षक भोजजंग शाहले भने, ‘शान्ति सुरक्षा कायम गर्न हरसम्भव प्रयास गरेका छौं ।’

चुनावलाई नै लक्षित गरी म्यादी, नेपाल र सशस्त्र प्रहरी र नेपाली सेना गरी ५ हजार ३४१ सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समिति संयोजक तथा प्रजिअ मदन भुजेलले बताए ।

निर्वाचनमा २ हजार ४ सय ७४ म्यादी प्रहरी, १ हजार २ सय ७ नेपाल प्रहरी र ८ सय १० सशस्त्र प्रहरी परिचालन भएका छन् । बाहिरी घेरामा ८ सय ५० नेपाली सेना पनि परिचालन गरिएको छ । मतदानस्थल र केन्द्रको पहिलो घेरामा म्यादी र नेपाल प्रहरी तथा दोस्रो घेरामा सशस्त्र खटिने छन् । त्यस्तै तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा प्रदान गर्नेछन् ।

‘निर्वाचनलाई भयरहित र स्वच्छ बनाउन सुरक्षा व्यवस्था कसिलो बनाएका छौं,’ प्रजिअ भुजेलले भने, ‘मतदातालाई निधक्क भएर मतदान गर्ने वातावरण बनाएका छौं ।’

यस्तै जिल्लाका १ सय ५३ मतदानस्थललाई अतिसंवेदनशील, ६५ संवेदनशील र १५ सामान्यमा वर्गिकरण गरी सुरक्षा व्यवस्था मिलाइएको छ ।













तस्बिरहरु : मनोज पौडेल

प्रकाशित : मंसिर १९, २०७४ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?