१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मतगणनाका लागि धादिङमा कडा सुरक्षा व्यवस्था

हरिहरसिंह राठौर

धादिङ — निर्वाचन आयोगले अति संवेदनशील जिल्लाको सूचीमा राखेको धादिङमा मतगणनाको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

मतगणनाका लागि धादिङमा कडा सुरक्षा व्यवस्था

राजनीतिक दलहरुको सहमति र निर्वाचन आयोगको निर्देशनबमोजिम मतगणनास्थलमा कर्मचारी, उम्मेदवार, प्रतिनिधिहरुको समेत निगरानी र आचारसंहिताबमोजिम मतगणना हुने प्रमुख निर्वाचन अधिकृत उमेश कोइरालाले बताए । ‘मतगणनास्थलमा मोबाइल, क्यामरा लैजान कर्मचारीलगायत सबैलाई प्रतिबन्ध छ, पत्रकारहरुलाई निश्चित समयावधि तोकेर प्रवेश दिइनेछ' प्रमुख निर्वाचन अधिकृत कोइरालाले भने, 'मतगणनाको परिणाम सकेसम्म छिटो जानकारी गराइने छौं ।’उनका अनुसार मतगणना स्थलमा सीसीटीभी पनि जडान गरिनेछ ।

जिल्लाका २ निर्वाचन क्षेत्रका मतपेटिका राखिएका कार्यालयहरुमा गत १० गतेदेखि नै कामकाज ठप्प छ । निर्वाचन क्षेत्र नं १ को कार्यालय रहेको जिल्ला भू-संरक्षण कार्यालय र निर्वाचन क्षेत्र नं २ को कार्यालय रहेको जिल्ला समन्वय समितिको कार्यालय गत १० गतेदेखि नै सुरक्षार्थ घेराबार र ४ तहको सुरक्षा घेरामा छ । कर्मचारीहरु बाहिरै हाजिर गरी घर फर्कने गरेका छन् । निर्वाचन क्षेत्रस्तरीय मतगणनास्थलमा झोलुङ्गे पुलमा प्रयोग हुने कडाखालको फलामे तारजाली राखिएको छ भने उम्मेदवार र प्रतिनिधिहरु साँघुरो स्थानमा बसिसरहेका छन् । ‘उम्मेदवार वा प्रतिनिधिहरुले कुनै पनि हालतमा मतपत्र छुन नसक्ने गरी मतगणना गर्ने व्यवस्था मिलाउने आदेश जारी गरिएको छ,' निर्वाचन क्षेत्र नं १ का निर्वाचन अधिकृत योगनाथ ढकालले भने, 'बिहीबार ५ बजेदेखि नै मतगणना आरम्भ गर्ने तयारीमा छौं ।’

मतपरिणाम सुन्न ग्रामीण भेगबाट दलका कार्यकर्ताहरु बुधबारदेखि नै सदरमुकाम झर्न थालिसकेका छन् ।

प्रकाशित : मंसिर २०, २०७४ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?