बर्दियामा एक घण्टा ढिलो मतदान

कमल पन्थी

गुलरिया — दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा विहीवार मतदाताले उत्साहपूर्वक मतदान गरि रहेका छन् । मौसम खराबीका कारण ९५ प्रतिशत मतदान स्थलमा करिब एक घण्टा पछि मतदान शुरु भएको छ । लामो समयसम्म लाईनमा बसेका मतदाताले भने मतदान प्रक्रिया ढिलासुस्ती भएको भन्दै आक्रोश पोखेका थिए ।

बर्दियामा एक घण्टा ढिलो मतदान

सिमसिमे पानी विहान केही वेर परेपनि छ बजे देखि सुधार भएको छ । चिसोको प्रर्वाह नगरी विहानै ५ बजे मतदाता मतदान स्थलमा पुगेका थिए । एमाले उपाध्यक्ष वामदेव गौतमले बासगढी नगरपालिका ककौरास्थित मतदान केन्द्र, सिचाई मन्त्री संजयकुमार गौतमले गुलरियाको वालमन्दिर, भूमीसुधार मन्त्री गोपाल दहितले जोतपुर र विनाविभागीय मन्त्री सन्तकुमार थारु बारबर्दियाको जोगीगाउस्थित मतदान केन्द्रबाट मतदान गरेका छन् ।
दुई प्रतिनिधि र चार प्रदेशसभाका लागि २ लाख ७२ हजार ४ सय ७७ मतदाता रहेका छन् । जिल्लामा ३ सय २९ मतदान केन्द्र र १ सय ५३ मतदानस्थल रहेका छन् । मतदान शान्तिपूर्वक र उत्साह जनक भई रहेको प्रमुख जिल्ला निर्वाचन अधिकृत किरण पोखरेलले बताए । निर्वाचन सुरक्षाका लागि करिब ६ सय नेपाली सेना, ५ सय सशस्त्र प्रहरी बल र ३ हजार बढी नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन भएको प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले जनाए ।

सिचाई मन्त्री संजय कुमार गौतमले गुलरिया स्थित वालमन्दिर केन्द्रमा मतदान गर्दे । तस्विर: कमल पन्थी/कान्तिपुर ।

प्रकाशित : मंसिर २१, २०७४ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?