मतगणनाको अपडेट थाहा पाउन ईकान्तिपुरको इलेक्सन पोर्टल

काठमाडौं — कान्तिपुर पब्लिकेशन्सको अनलाइन प्रकाशन संस्करण ईकान्तिपुरले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणनाको 'लाइभ अपडेट'का लागि www.election.ekantipur.com साइट ल्याएको छ ।

मतगणनाको अपडेट थाहा पाउन ईकान्तिपुरको इलेक्सन पोर्टल

कान्तिपुर पब्लिकेशन्सको अनलाइन प्रकाशन संस्करण ईकान्तिपुरले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणनाको 'लाइभ अपडेट'का लागि www.election.ekantipur.com साइट ल्याएको छ ।

यसमा मतगणनाको सुरुवातसँगै सबै क्षेत्रको प्रमुख दल र उम्मेदवारहरुले प्राप्त गरेको मतसंख्या प्रशारण गर्दै जाने व्यवस्था मिलाइएको छ ।

उक्त साइटमा कान्तिपुर दैनिकको www.kantipur.ekantipur.com र द काठमाडौं पोष्टको www.kathmandupost.ekantipur.com बाट पनि जान सकिन्छ ।

साइटमा गइसकेपछि सर्च गरेर आफुले चाहेको जिल्ला र क्षेत्रको मत परिणाम हेर्न सकिन्छ । त्यसैगरी त्यहाँ दिएको नक्समा गएर आफुले चाहेको जिल्लामा गएर क्लिक गरेपछि पनि आफूले हेर्न चाहेको उम्मेदवारको मतसंख्या, हार–जित वा गणनाको अवस्था थाहा पाउन सकिन्छ ।

त्यसैगरी कुन दलले कति क्षेत्रमा जित्यो, कहाँ अग्रता लियो र कहाँ हार व्योहोर्‍यो भन्ने हेर्नका लागि पनि उक्त दलले जितेको वा अग्रता लिएको कुल संख्या देखाउने ठाउँमा गएर दलको नाममा क्लिक गर्नु पर्दछ ।

प्रकाशित : मंसिर २१, २०७४ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?