कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मतदान गरेर फर्किदा मृत्यु, ५ किमि ह्वीलचियरबाट आएर मतदान, १०७ बर्षीयाद्वारा पनि मतदान

माधव अर्याल

पाल्पा — पाल्पाको रामपुर नगरपालिका–६ मा मतदान गरेर फर्किएका एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ  । रामपुर नगरपालिका, ६ तिलकपुरका ७४ वर्षीय झुलबहादुर कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मतदान गरेर फर्किदा मृत्यु, ५ किमि ह्वीलचियरबाट आएर मतदान, १०७ बर्षीयाद्वारा पनि मतदान

उम्मेदवारको सवारी साधनमा अशक्त र वृद्धवृद्धा मतदातालाई सवारी साधनमा ल्याउन दिइएको थिएन । हिडाएर ल्याएको र दमको बिरामी भएकाले बाहिर निस्कने क्रममाा मतदान केन्द्र परिसरमै ढलेका कुमालको अस्पताल लैजााने क्रममा मृत्यु भएको हो ।

उता, पाल्पा बगनासकाली, १ चिर्तुङधारा शिखरका २७ वर्षीय अपांगता भएका चित्रबहादुर चिदीले आफन्त र साथीभाइको सहायतामा ह्वीलचियरमा ५ किलोमिटर हिडेर आएर मतदान गरेका छन् ।

यता, स्थानीय प्रशासनले दिने विशेष पास नपाएकाहरु निर्वाचनका दिन कुनै पनि सवारी साधनमा यात्रा गर्न नपाएपछि रिब्दीकोट, ७ पालुङ मैनादीमा अन्तिम संकार गर्न लगिँदै गरेको शवसहित मलामीहरु आएर मतदान गरेका छन् । रिब्दीकोट, ७ पालुङ्गमैनादीका लिलाकुमारी गैरेको शवसहित छोरा र मलामी मत खसाल्न मतदान केन्द्रमा आएका हुन् । १०१ वर्षीया गैरेको गएराति निधन भएको थियो । दाहसंकार गरेर फर्किदा मतदानको समय नै सकिने भएकाले शवसहित मतदानका लागि आएका थिए ।

पाल्पामा मुख्य निर्वाचन अधिकृत शंकरराज बरालका अनुसार दिउँसो १ बजेसम्म ५० प्रतिशत मत खसिसकेको छ । पाल्पामा दुई प्रतिनिधि र दुई प्रदेशसभा निर्वाचनकालागि १ सय १८ मतदानस्थल र २ सय २६ मतदान केन्द्रमा १ लाख ८१ हजार २ सय ५५ मतदाताले मतदान गर्नेछन् । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालका अनुसार शान्ति सुरक्षा चुस्त र दुरुस्त पारिएको छ ।

१०७ वर्षीयाले गरिन् मतदान
पाल्पाको माथागढी गाउँपालिका, ४ झडेवास्थित रत्न मावि ख केन्द्रबाट १०७ वर्षीया तिलीसरा रानाले मतदान गरेकी छिन् । उनले आफ्ना छोरा नातिको सहायतामा एक घण्टा टाढा रहेको घरबााट मतदानस्थलसम्म हिडेर आएर मत खसालेकी हुन् । उनलाई लिन जाने र ल्याउने व्यवस्था कसैले गरेको थिएन । उनका छोराछोरी, नातिनातिना र पनाती गरी ४० सन्तान पुगेका छन् ।

प्रकाशित : मंसिर २१, २०७४ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?