स्याङ्जाको तीन ठाउँमा बम फेला, उम्मेदवारमाथि हातपात

प्रतिक्षा काफ्ले

स्याङ्जा — साविक तुलसीभन्ज्याङ गाविस भवन रहेको स्थानमा लोकतान्त्रिक र वाम गठबन्धनबीच झडप भएको छ ।
मतदाताहरुको विषयलाई लिएर दुई पक्षीयबीच विवाद चुलिँदै जाँदा हात हालाहाल भएको थियो ।

स्याङ्जाको तीन ठाउँमा बम फेला, उम्मेदवारमाथि हातपात

बिहीबार भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा यहाँको वालिङ नगरपालिका–१० स्थित ढुंगाने फोक्सिङमा बम फेला परेको छ । त्यसैगरी वालिङ नगरपालिकास्थित बायाटारी र फेदीखोला गाउँपालिकास्थित सुतली बम फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बायटारीमा भने सिदार्थ राजमार्गको बीच बाटोमा नै राखिएको छ । फेला पारिएको उक्त बमहरुलाई बेलुका ५ बजेपछि मात्र डिस्पोज गरिने प्रहरीले जनाएको छ ।

उम्मेदवारमाथि हातपात
चापाकोट नगरपालिका–४ स्थित राममन्दिर मतदान स्थलभित्र नै वाम गठबन्धनकी साझा उम्मेदवार क्षेत्र नम्बर दुईकी पदमा अर्यालमाथि हातपात भएको छ । सुरक्षाबल सँगसँगै हुँदा पनि उनको सवारी साधनमाथि ढुंगामुढा प्रहार भएको बताइएको छ । बुथभित्र नै एकलौटी फर्जी मत खसाल्ने काम भएकाले त्यसो नगर्न आग्रह गर्दा गर्दै कांग्रेसका कार्यकर्ताहरुले अर्यालको मोबाइल खोस्ने, उनीमाथि ढुंगामुढा प्रहार गर्ने कार्य भएको अर्यालले कान्तिपुरलाई टेलिफोनमार्फत बताइन् ।

अर्यालका अनुसार उनलाई दुई घण्टासम्म कांग्रेसका कार्यकर्ताहरुले घेराबन्दी गरेका थिए । उनीमाथि हातपात गर्नेहरुलाई प्रहरीले भने नियन्त्रणमा नलिएकोप्रति अर्यालले दु:ख व्यक्त गरेकी छिन् । त्यस्तैगरी पत्रकार महासंघका जिल्ला सचिव हरिप्रसाद सुवेदीलाई पनि रिर्पोटिङ गर्ने क्रममा प्रहरीद्वारा हातपात गरिएको छ ।

......

लोकतान्त्रिक र वाम गठबन्धनबीच झडप, प्रहरीद्वारा हवाई फाइरिङ

साविक तुलसीभन्ज्याङ गाविस भवन रहेको स्थानमा लोकतान्त्रिक र वाम गठबन्धनबीच झडप भएको छ ।

मतदाताहरुको विषयलाई लिएर दुई पक्षीयबीच विवाद चुलिँदै जाँदा हात हालाहाल भएको थियो । विवादलाई मिलाउन नसकेपछि प्रहरीले हवाई फाइरिङ गर्नुपरेको स्थानीयवासीले बताएका छन् । दुई गठबन्धनलाई रोक्न नसकेपछि हवाई फाइरिङ गर्नुपरेको गल्याङ प्रहरी चौकीले जनाएको छ ।

प्रकाशित : मंसिर २१, २०७४ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?