१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

अछाममा कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच झडप

अछाम — अछामको चौरपाटी गाउँपालिका-५, लुंग्राको दया पिपलतोला मावि मतदान केन्द्रमा नेपाली कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा स्थिती तनावग्रस्त बनेको छ । नेपाली कांग्रेसले फर्जि मत खसालेको आरोप वाम गठबन्धनका कार्यकर्ताले लगाएपछि ढुंगा हानाहान भएको स्थानीय निराजन खड्काले जानकारी दिए ।

अछामको चौरपाटी गाउँपालिका-५, लुंग्राको दया पिपलतोला मावि मतदान केन्द्रमा नेपाली कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा स्थिती तनावग्रस्त बनेको छ ।

नेपाली कांग्रेसले फर्जि मत खसालेको आरोप वाम गठबन्धनका कार्यकर्ताले लगाएपछि ढुंगा हानाहान भएको स्थानीय निराजन खड्काले जानकारी दिए । स्थितलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड अस्रुग्यास प्रहार गरेको छ । अवस्था उग्र हुने भएपछि अहिले नेपाली सेनाको हेकिप्टरले त्यहाँ गए पनि बस्न नसकेर हवाई गस्ती गरिरहेको छ ।

झडपमा कति घाइते भए भन्ने एकिन हुन नसकेको स्थानीयले बताएका छन् । अहिले धेरैजसो मतदाता स्थानीयको घरमा लुकेर बसेको बताइएको छ । उक्त मतदान केन्द्र अछाम क्षेत्र नं १ प्रदेशसभा क्षेत्र नं १ का नेपाली कांग्रेसका उम्मेदवार मेघराज खड्काको मतदान केन्द्र हो ।

प्रकाशित : मंसिर २१, २०७४ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?