कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

उजुरी परेकाले मतगणना गर्न आयोगको आदेश कुर्दै

मतपेटिका मुसाले काटेमा छुट दिइने
प्रत्येक वडाको छुट्टै मत गनिने
राजेन्द्र मानन्धर

दोलखा — निर्वाचनसम्बन्धी उजुरी परेकाले दोलखामा मतगणना गर्न निर्वाचन आयोगको निर्णय पर्खनु पर्ने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार मध्यान्ह भएको सर्वदलीय बैठकले आयोगको निर्णय आएपछि मात्रै मतगणा सुरु गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस दोलखाले गौरीशंकर गाउँपालिकाको केही स्थानमा धाँधलीपूर्ण निर्वाचन भएको दाबी गर्दै उजुरी गरेको थियो ।

उजुरी परेकाले मतगणना गर्न आयोगको आदेश कुर्दै

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट आवश्यक प्रमाणहरु गइसकेको भए पनि आयोगले निर्णय नपठाउँदा तोकिएको समयमा मतगणना हुन्छ वा हुन्न भन्ने अन्योल भएको छ । कांग्रेसले आयोगको निर्णयजस्तो आउँछ त्यसलाई स्वीकार्ने तर जबरजस्ती मतगणना गरिए मतगणना बहिष्कार गर्ने बताएपछि निर्णय पर्खने सहमति भएको हो ।

मतपेटिका मुसाले काटेको भए छुट
सर्वदलीय बैठकले दोलखा जिल्ला अदालतका भवनका कोठाहरुमा राखिएका मतपेटिका मुसाले काटेको खण्डमा छुट दिइने भएको छ । लामो समयसम्म राखिएको मतपेटिकाको सिलहरु मुसाले काटेको हुनसक्ने भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट जानकारी गराइएपछि त्यसो भएमा छुट दिइने दल र उम्मेदवारहरुले बताएका हुन् । बैठकले मतपेटिका हल्ला टुटफुट भए, केही सिलहरु चोटपटकले खुस्किएको भए गणना कार्यमा अवरोध नगर्ने निर्णय पनि भएको छ ।

प्रत्येक वडाको छुट्टै गनिने
निर्वाचन आयोगले कुनै पनि संकेतहरु नदेखियोस् भनेर मिसाएर गनिने निर्देशन गरेको भए पनि दोलखामा प्रत्येक वडाहरुको मत छुट्टाछुट्टै गनिने भएको छ ।
जिल्लाको ७४ वटा वडामा के कति मत खसेको रहेछ भनेर आँकलन गर्न सजिलोका लागि सबै दलहरुले छुट्याएर गनिनु पर्ने प्रस्ताव गरेका थिए । सबै दलको सहमति भएकाले त्यसरी मतपत्रहरु गनिने निष्कर्षमा बैठक पुगेको हो ।

दोलखास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा मतगणनासम्बन्धी सर्वदलीय बैठक हुँदै । तस्बिर : राजेन्द्र मानन्धर/कान्तिपुर

प्रकाशित : मंसिर २१, २०७४ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?