३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

स्याङ्जाको एक मतदान केन्द्रमा वाम गठबन्धनद्वारा चुनाव वहिष्कार

प्रतिक्षा काफ्ले

स्याङ्जा — यहाँको चापाकोट नगरपालिका–४ स्थित राममन्दिर माविको मतदान केन्द्रमा प्रतिनिधिसभा क्षेत्र नम्बर दुई वाम गठबन्धनकी उम्मेदवार पदमा अर्यालमाथि लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताद्वारा हातपात भएपछि बाम गठबन्धनले नै चुनाव बहिष्कार गरेको छ ।

स्याङ्जाको एक मतदान केन्द्रमा वाम गठबन्धनद्वारा चुनाव वहिष्कार

लोकतान्त्रिक गठबन्धनले एकलौटी फर्जी मत हालेको विषयमा उम्मेदवार अर्यालले फोटो खिचेपश्चात् कांग्रेसका कार्यकर्ताहरुले दुई घण्टासम्म घेराबन्दी गरी हातपात गरेका थिए । घेराबन्दीपश्चात् तत्काल बसेको सर्वपक्षीय बैठकमा पनि विवाद नमिलेपछि वाम गठबन्धनले चुनाव बहिष्कार गरेर मतदान केन्द्रबाट निस्किएको राजेन्द्र डुम्रेले जानकारी दिए ।

प्रकाशित : मंसिर २१, २०७४ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?