एउटै केन्द्रमा १९ जना क्रीयापुत्रीले गरे मतदान

मेनुका ढुंगाना

अछाम — मंगलसेन नगरपालिका ५ को भाटवाडाका १९ जना क्रीयापुत्रीले मतदान गरेका छन् । उनीहरुले आफ्नो बुवा रते भाटको क्रीया बसेको ५ औं दिनमा मतदान गरेका हुन् । रते भाटका १९ छोराले मंगलसेनमा रहेको शोडषा मावि मतदान केन्द्रमा मतदान गरेका हुन् ।



‘आफूले दिएको मतले देश विकास मात्र होइन, बुवाको आत्माले गाउँ ठाउँको विकास देखेर शान्ति पाओस् भनेर मतदान गरेका हौं,’ क्रीयापुत्री तुलाराम भाटले भने ।

Yamaha

प्रकाशित : मंसिर २१, २०७४ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

दोस्रो चरणको चुनावमा करिब ६७ प्रतिशत मतदान : आयोग

सबैभन्दा बढी गुल्मीमा ७१ प्रतिशत
राजेश मिश्र

काठमाडौं — प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको दोस्रो चरणमा बिहीबार भएको चुनावमा करिब ६७ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगले आज भएको मतदानबारे औपचारिक जानकारी अहिले पत्रकार सम्मेलन गरिरहेको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको दोस्रो चरणअन्तर्गत बिहीबार भएको चुनावमा ६७ प्रतिशत मतदान भएको छ ।

बिहीबार साँझ निर्वाचन आयोगको केन्द्रीय कार्यालय जमल कान्तिपथमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले प्रारम्भिक तथ्यांकअनुसार ६७ प्रतिशत मतदान भएको जानकारी गराएका हुन् । उनले यो प्रतिशत बढ्न सक्ने पनि बताए । प्रमुख आयुक्त यादवका अनुसार बिहीबारको निर्वाचनमा सबैभन्दा बढी गुल्मीमा ७१ प्रतिशत मतदान भएको छ । पहिलो चरणमा म‌ंसिर १० गते भएको निर्वाचनमा ६५ प्रतिशत मत खसेको थियो ।

दोस्रो चरणको निर्वाचन व्यापक जनसहभागिता शान्तिपूर्ण भएको उनले बताए । मतदान सम्पन्न भएपछि सुरक्षित तवरबाट जिल्ला सदरमुकाममा मतपेटिका स‌ंकलन गर्ने काम भइरहेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणमा मंसिर १० गते भएको निर्वाचनको मतगणना सुरु भइसकेको भन्दै दोस्रो चरणको पनि केही जिल्लामा आजै राति र भोलि बिहानसम्ममा मतगणना हुने विश्वास व्यक्त गरे ।

दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १ सय २८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २ सय ५६ निर्वाचन क्षेत्रका गरी ७ हजार ७ सय ५२ मतदान स्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रमा मतदान भएका छन् । बिहीबार बिहान ७ देखि बेलुका ५ बजेभित्र मतदान केन्द्रहरुमा प्रवेश गरिसकेका मतदाताहरुले मतदान गर्न पाउने व्यवस्था गरिएको थियो ।

पहाडी तथा तराई–मधेसका गरी ४५ जिल्लामा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको दोस्रो चरणको निर्वाचनमा कूल १ करोड २२ लाख ३५ हजार ९९३ मतदाता थिए ।

प्रकाशित : मंसिर २१, २०७४ १८:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT